काठमाडौँ – नेपालको एकमात्र राष्ट्रिय ध्वजाबाहक विमान नेपाल एयरलाइन्स्लाई कम्पनीको मोडेलमा सञ्चालन गरिने भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिको बैठकमा बुधबार बोल्दै नेपाल वायुसेवा निगमलाई कम्पनी मोडलमा सञ्चालन गर्ने बताएका हुन् ।
उनले यसको लागि आवश्यक सम्पूर्ण प्रक्रिया अघि बढाएको पनि जानकारी दिएका छन् । उनले संस्थालाई कम्पनीमा रूपान्तरण गर्नुअघि सम्पत्ति मूल्यांकन गर्नुपर्ने प्रावधान अनुसार काम भइसकेको बताएका छन् । उनले यसबारेमा मन्त्रालयले निर्णय गरिसकेको पनि जानकारी दिएका छन् ।
उनले अब कम्पनीमा रणनीतिक साझेदार खोज्न ढिला गर्न नहुने बताए । ‘रणनीतिक साझेदार खोज्न कम्पनीले ढिला गर्न हुन्न । हामीले संस्थाको सम्पत्ति मूल्यांकन गर्ने निर्णय गरिसकेका छौं,’ उनले भने, ‘यसपछि कम्पनीमा कस्तो सेयर संरचना हुने, त्यसको निर्धारण हुन्छ । कम्पनीमा गएपछि साझेदार ल्याउने वा लगानीकर्ता ल्याउने भन्ने निर्णय हुने उनले जानकारी दिए ।
श्राेतः janasawal.com