रास्वपाले १० वैशाखमा उपचुनाव हुने ३ वटा निर्वाचन क्षेत्रमा उम्मेदवार घोषणारसुवागढी नाका आजदेखि पूर्णरुपमा दुईतर्फी सञ्चालनमाकांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्नेखेलकुद सामान्य क्षेत्र होइन– प्रधानमन्त्री दाहालचैत, १८ गते शनिबार : यस्तो छ तपाईंको आजको राशिफलतारकेश्वरमा शाखा राख्न शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको प्रस्ताव, साङलामा डायलसीसका लागि प्राविधि सहयोग गर्नेसरकारले पूर्णता पायो, अब देशमा विकासले गति लिन्छ : प्रधानमन्त्री दाहालहेरेको तिमीलाई'मा सिम्पल र कुन्साङको रोमान्स ( भिडियोआजबाट एसइई परिक्षा सुरु, ५ लाख १६ हजार परीक्षार्थी सहभागी हुँदैआज नयाँ मन्त्री नियुक्त गर्ने तयारी

५०० क्रियाशील सदस्यताको प्रावधान हटाएर जनसम्पर्क समितिको सभापति स्वतः महाधिवेशन प्रतिनिधि हुनुपर्ने केन्द्रीय सदस्य पाण्डेको माग

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ मंसिर २०, बिहीबार १८:५६

मंसिर १९, २०७५

काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण पाण्डेले जनसम्पर्क समितिका तर्फबाट २४ महासमिति सदस्य र ५६ महाधिवेशन प्रतिनिधिको व्यबस्था गर्न कांग्रेस केन्द्रीय समितिमा प्रस्ताव गरेका छन् ।

काठमाडौंमा जारी कांग्रेस केन्द्रीय समितिको बैठकमा बुधवार आफ्नो धारणा राख्दै पाण्डेले एक केन्द्रीय सदस्य सहित महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यको सुनिश्चितता गर्न माग गरेका हुन् ।

जनसम्पर्क समिति भारतका अध्यक्ष समेत रहेका पाण्डेले विश्वभरका जनसम्पर्क समितिको ग्लोवल नेटवर्क बनाउने प्रस्ताव पनि केन्द्रीय समितिमा लगेका छन् । भारतमा जनसम्पर्क समितिका २ सय २० शाखा र ६ सय ६० उपशाखा रहेकोले सोही अनुसारको प्रतिनिधित्व आवस्यक रहेको उनले बताए ।

कांग्रेस केन्द्रीय सदस्य पाण्डेले जनसम्र्क समितिको विधानमा एकरुपता ल्याउन पनि ध्यानाकर्षण गराएका छन् । उनले जनसम्पर्क समितिका प्रतिनिधिहरु महाधिवेशनमा उम्मेदवार बन्न पाउने गरी विधान संशोधनको माग राखेका छन् । ५०० क्रियाशील सदस्यताको प्रावधान हटाएर जनसम्पर्क समितिको सभापति स्वतः महाधिवेशन प्रतिनिधि हुनुपर्ने माग गरे ।

केन्द्रीय सदस्य पाण्डेले कांग्रेसमा सातवटा सहमहामन्त्रीको व्यबस्था गर्न पनि माग गरेका छन् । सातवटै प्रदेशको इनचार्ज सहमहामन्त्री हुने व्यबस्था गर्दा कांग्रेसलाई फाइदा पुग्ने उनको दावी छ । पार्टीलाई संघीय स्वरुपमा लैजान सहमहामन्त्रीको मातहतमा प्रदेश कमिटी राख्नु उपयुक्त हुने उनले बताए । पाण्डेले सभापतिलाई शक्तिशाली बनाउनु पर्ने धारणा राखे ।

बुधवारको बैठकमा महेन्द्र यादव, गुरु घिमिरे, अम्बिका बस्नेत लगायत सदस्यहरुले धारणा राखेका छन् । मंगलवारको बैठकमा केन्द्रीय सदस्य गगन थापाले ७० बर्ष पुगेपछि पदाधिकारीले अवकास लिनुपर्ने प्रस्ताव गरेका थिए ।

श्राेतः lokaantar.com

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु