काठमाडौँ– नेकपाका सांसद एलपी साँवा लिम्बु श्रम तथा रोजगार उपसमितिको संयोजक भएका छन् । यसैगरी, संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता समितिले चारवटा विषयगत उपसमिति गठन गरेको छ । चाअन्य उपसमितिमा सहमतिको प्रयास भइरहेको छ ।
विहिवार बसेको श्रम तथा रोजगार उपसमितिको बैठकले झापा ४ बाट निर्वाचित साँवालाई सर्वसम्मत रुपमा संयोजक चयन गरेको हो । यो उपसमितिले स्वदेश र वैदेशिक रोजगारीका क्षेत्रका समस्या र चुनौतिहरुको अध्ययन गरी सरकारलाई नीतिगत निर्देशन दिने बताइएको छ ।वैदेशिक रोजगारीका समस्याहरुबारे छलफल गर्ने र श्रम गन्तव्य मुलुकहरुसँगको सम्बन्धबारे पनि उपसमितिले नीतिगत र व्यवहारिक रुपमा सरकारलाई निर्देशन दिने बताइएको छ ।
स्वदेशभित्रै रोजगारीका क्षेत्र पहिचान गर्ने र प्रधानमन्त्री रोजगार कार्यक्रम घोषणाको तयारीमा सरकार रहेका बेला उपसमितिले त्यसमा सहजीकरण गर्ने भएको छ ।समितिले उद्योग तथा वािणज्य,उपभोक्ता हित,सार्वजनिक संस्थान र श्रम तथा रोजगार उपसमिति गठन गरी काम थालेको समितिका सभापति विमलप्रसाद श्रीवास्तवले बताए ।