काठमाडौ मसिर २० प्रस्तावित विधान संशोधनका विषयमा केन्द्रित नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा आफ्नो धारणा राखेका छन् बुधवार आफ्नो धारणा राख्दै केन्द्रीय सदस्य बालकृष्ण पाण्डेले जनसम्पर्क समितिभारतका तर्फबाट महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यको सुनिश्चितता को लागि २४ महासमिति सदस्य र ५६ महाधिवेशन प्रतिनिधि र एक जना केन्द्रीय सदस्य भारत र एक जना अन्य मुलुक बाट केन्द्रीय सदस्य केन्द्रीय व्यबस्था गर्न कांग्रेस केन्द्रीय समितिमा प्रस्ताव गरेका छन् ।
जनसम्पर्क समिति भारतका अध्यक्ष समेत रहेका पाण्डेले विश्वभरका जनसम्पर्क समितिको ग्लोवल नेटवर्क र महादेशिय समिति बनाउने प्रस्ताव पनि केन्द्रीय समितिमा लगेका छन् । भारतमा जनसम्पर्क समितिका २ सय २० शाखा र ६ सय ६० उपशाखा रहेकोले सोही अनुसारको प्रतिनिधित्व आवस्यक रहेको उनले बताए । कांग्रेस केन्द्रीय सदस्य पाण्डेले जन जनसम्पर्क समितिको विधानमा एकरुपता ल्याउन पनि ध्यानाकर्षण गराएका छन् । उनले जनसम्पर्क समितिका प्रतिनिधिहरु महाधिवेशनमा उम्मेदवार बन्न पाउने गरी विधान संशोधनको माग राखेका छन् । ५०० क्रियाशील सदस्यताको प्रावधान हटाएर जनसम्पर्क समितिको सभापति स्वतः महाधिवेशन प्रतिनिधि हुनुपर्ने माग गरे ।