बढ्दै गएको प्राज्ञिक विचलनलाई सन्तुलनमा ल्याउन सम्पदा अनुसन्धान सदनको शुभारम्भ तथा पुस्तक विमोचनसुष्मा र अस्मिता सेमिफाइनलमाच्याम्पियनसीप एमेच्योर सदभावलाई उपाधिनेपाल भलिबल संघ र केल्मीबीच तीन वर्षका लागि नयाँ सम्झौताराष्ट्रपति रनिङ सिल्डका लागि राष्ट्रपतिलाई निमन्त्रणाजनआन्दोलन दिवसको अवसरमा चैत २४ गते आजपाले विशाल जनप्रदर्शन गर्नेग्रील तथा स्टील ब्यवसायीहरुको फुटबल महासंग्राममा सानोभर्याङ ठुलोभर्याङ इकाई विजयीआज चैत १६ गते शुक्रबार, कस्तो छ तपाईको दिन ? हेर्नुहोस् ! राशिफलसंचारकर्मी रिजाल सक्रिय राजनीतिमामहिला, बालबालिकामन्त्री र फिनल्याण्डका राजदुतविच शिष्टाचार भेट

मुख्यमन्त्री योगीको भ्रमणको कांग्रेसले विरोध गरेको छैन, हामी भव्य स्वागत र्छौं : यादव

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ मंसिर २२ गते, शनिबार १८:३२

“कांग्रेसका नेताहरुलाई म भ्रमणको विरोध गरेर अभिव्यक्ति नदिनको लागि आग्रह गर्दछु”
प्रधानमन्त्री ओली स्वयम क्रिश्चियन धर्मको प्रचारमा लागेको आरोप

काठमाडौं, २२ मंसिर ।  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री रामकृष्ण यादवले भारतका उत्तर प्रदेशका मुख्यमन्त्री योगीलाई जनकपुरमा भव्य स्वागत गर्न आफूहरु आँतुर रहेको स्पष्ट पारेका छन् ।

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने,“रामजानकीको विवाहपञ्चमीको मेलामा उहाँ आउँदैहुनुहुन्छ । आफ्नो र पार्टीको तर्फबाट म के भन्न चाहन्छु भने प्रत्येक साल यही मंसिरमा नै विवाहपञ्चमी हुन्छ, आउने २६ गते हुने विवाहपञ्चमीमा जन्ती लिएर मुख्यमन्त्रीजी आउँदै हुनुहुन्छ, हामी उहाँलाई स्वागत गर्न आँतुर छौं । उहाँको भ्रमणबारे कांग्रेस केन्द्रिय कार्यमितिले विरोध गरेको छैन । विरोध गर्ने भनेर कुनै निर्णय भएको छैन् ।”

 

यद्धपी मुख्यमन्त्रीको भ्रमणबारे पार्टीका केही नेताले सरकार र सरकारबीच छलफल गरेर, सुरक्षा र कुटनीतिक दृष्टिकोणले पनि महत्वपूर्ण भएकोले यसबारे छलफल गरेर आउनुपर्दथ्यो भन्ने धारणा राखेको उनले स्पष्ट पारे ।

यादवले थपे,“मुख्यमन्त्री योगीजीलाई स्वागत गर्न जनकपुरवासी उत्साहित छन् । भारत नेपालको अत्यन्तै नजिकको मित्र हो । यो व्यक्तिगत रुपमा बनेको सम्बन्ध होईन, सदियौंदेखिको सम्बन्ध हो । हामी उहाँलाई स्वागत गर्न गैरहेका छौं । नेपाली कांग्रेसका नेताहरुलाई म भ्रमणको विरोध गरेर अभिव्यक्ति नदिनको लागि आग्रह गर्दछु । उहाँ आउँदा जनकपुरको महत्व बढ्दछ । हिजो भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आउँदा पनि हामीले स्वागत गरेका थियौं । मोदीजीको भ्रमणपछि अहिले जनकपुरको आर्थिक प्रगति भैरहेको छ ।”

विगत कालदेखि नै भारतको अयोध्याबाट जकपुरमा जन्ती आरहेको सुनाउँदै यादवले भने,“प्रत्येक वर्ष अयोध्याबाट जन्ती औरहेका छन् । यस वर्ष जन्ती अलिक धेरैको संख्यामा आउनेछन् । यसले जनकपुरको विवाह महोत्सवको विश्वभरि सन्देश जान्छ । यो खशीको खबर हो ।”

मुख्यमन्त्री योगीको भ्रमणबारे मधेशी जनताले विरोध नगरेको स्पष्ट पारे । उनले भने,“कांग्रेसले विरोध गर्दैन् । हामी उहाँलाई भव्य स्वागत गर्न आँतुर छौं ।”

फरक प्रसँगमा उनले संघीय र प्रदेश सरकारप्रति आम जनताको आशा र अपेक्षा अहिले विस्तारै निराशामा परिणत भएको आरोप लगाए । सरकार पूर्ण रुपमा असफल भएको पनि यादवले आरोप लगाए ।

उनले भने,“यो सरकार गठन भएपछि जनताले विकृतिको अन्त्य हुनेछ भनेर आशा गरेका थिए । तर, त्यस्तो भएन् । सरकारले विकासको गति हाँसिल गर्न सकेन । समृद्ध नेपाल र सुखी नेपाली भनिएको छ, सरकार गठन भएको १० महिना हुन थालिसक्यो तर (केन्द्र र प्रदेश) दुवै सरकारप्रति आम जनताको निराशा उत्पन्न भएको छ । वितृष्णा पैदा भएको छ । संघीय सरकारले शान्ति, सुरक्षा दिन सकेको छैन् ।”

दैनिक उपभोग्य सामानका मुल्य बृद्धि दिनप्रतिदिन आकाशिएको पनि उनले आरोप लगाए । यादवले अघि भने,“भ्रष्टाचार मौलाईरहेको छ । सरकारले अहिलेसम्म निर्मला पन्तको हत्यारा, बलात्कारी पत्ता लगाउन सकेको छैन् । अरुपनि बलात्कारका घट्नाहरु भैरहेका छन् । वाईडबडीमा अर्बौंको भ्रष्टाचार भएको छ ।”

प्रधानमन्त्री केपी शर्मा ओली स्वयम क्रिश्चियन धर्मको प्रचारमा लागेको उनको गम्भिर आरोप छ । उनले भने,“यसको जनस्तरबाटै व्यापक विरोध भएको छ । प्रदेश सरकारले कर्मचारी भर्नापनि गर्न सकेका छैनन् । केन्द्र सरकारको असहयोगको कारण प्रदेश सरकार निकम्मा भएको छ । मुख्य जिम्मेवारी केन्द्रिय सरकारको हो ।”

कांग्रेसले विधान सर्वसम्मतीले पारित गर्नेपनि उनले विश्वास दिलाए । संविधानअनुसार पार्टीको संरचना बनाउनुपर्ने भएकोले आफूहरु विधान त्यहीअनुरुप बनाएको उनको भनाई छ । उनले भने,“अहिले पार्टीको केन्द्रिय कार्यसमिति बैठक जारी छ । हामी सर्वसम्मतीले विधान पारित गर्छौं । आज र भोलिभित्रै विधान पारित हुन्छ ।”

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु