प्रहरी महानिरीक्षकमा बसन्त कुँवर नियुक्तनेपाल फाईभ पी अन्तर्राष्ट्रिय प्रदर्शनी सुरुराष्ट्रिय जनगणना २०७८ को प्रतिवेदन सार्वजनिकस्पाइनल इन्जरी भएका व्यक्तिहरूको अधिकार तथा क्षमता अभिवृद्धि” सम्बन्धी ३ दिने सो गोष्ठीयस्तो छ तपाईंको आजको राशिफलग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले पायो ‘एनएबीएच’ मान्यताबुढीगण्डकी ‘क’ र ‘ख’ जलविद्युत आयोजना निर्माण हुने काठमाडौंमा गरियो सार्वजनिक सुनुवाईठेक्का सम्झौताको २७ वर्षसम्म पाएनन् व्यवसायीले भुत्तानी, सर्वोच्चको फैसलासमेत कार्यन्वयन नभएको भुजेलको गुनासोदुबईमा बेचिएकी नेपाली चेलीको उद्दारस्थायी प्रवृत्तिको पत्रकारिता विकास कोष स्थापना गर्ने प्रधानमन्त्रीको घोषणा

विश्वभरीका एनआरएन हङकङमा : एनआरएन एसिया प्याशेफिकको छैठौ तथा प्रथम क्षेत्रीय महिला सम्मेलनको रौनक देखियो

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ मंसिर २२, शनिबार १८:४१

हङकङ, २२ मंसिर /विश्वभरीका एनआरएनहरु हङकङ आउने क्रम जारी छ । गत ४ तारिखदेखि हङकङ उत्रिन थालेका विश्वभरीका एनआरएनहरु आउने क्रम अझै जारी रहेको छ । गैरआवासीय नेपाली संघ (एनआरएन) एसिया प्याशेफिकको छैठौ तथा प्रथम क्षेत्रीय महिला सम्मेलनको लागि एनआरएनका आइसिसी पदाधिकारी, क्षेत्रीय स्तरका संयोजक, विभिन्न एनसिसीका अध्यक्ष तथा पदाधिकारी, एसिया प्याशेफिकका विभिन्न देशका प्रतिनिधिहरु आउने क्रम जारी रहेको हो ।

सम्मेलनको आज पहिलो दिन रजिष्टेशन र भोली सम्मेलनको उद्घाटन गरिने कार्यक्रम छ । यस पटक सम्मेलनमा सोचेभन्दा धेरै पाहुनाहरु सहभागि हुने देखिएको छ । हङकङबाट भिसा अप्लाई गरेभन्दा बढी नै पाउनाहरु ब्यक्तिगत रुपमासमेत भ्रमणको लागि आइरहनु भएको छ । यसरी आउनेमा यूकेबाट धेरै हुनुहुन्छ । सम्मेलनको अवसर पारेर यहाँँ भ्रमण गर्ने एनआरएनको संख्या पनि उत्तिकै देखिएको हो ।

एनआरएन एसिया प्याशेफिक सम्मेलन तयारी समिति सदस्य सचिव एवं एनआरएन हङकङ अध्यक्ष राधिका गुरुङ (टिका) का अनुसार सम्मेलनमा एनआरएन संस्थापकदेखि वर्तमान अध्यक्षसम्म सबै सहभागि हुनुहुनेछ । अहिलेसम्म एनआरएन आइसिसीको तर्फबाट उपाध्यक्ष कुमार पन्त, महासचिव बद्री केसी, ओसनीय क्षेत्रका क्षेत्रीय संयोजक धर्मराज अधिकारी, एनआरएन युरोप क्षेत्रका क्षेत्रीय संयोजक शिवकुमार बरुवाल, एनआरएन प्रवक्ता भुषण घिमिरे, एनआरएन युवा संयोजक सुदन थापा, एनआरएन महिला उपाध्यक्ष सपिला राजभण्डारी, महिला फोरम संयोजक रजनी प्रधानलगायत यहाँ आइसक्नु भएको छ भने आइसिसी उपाध्यक्ष कुल आचार्य आजै आउँदैहुनुहुन्छ ।

सम्मेलनमा एनआरएनका संस्थापक अध्यक्ष उपेन्द्र महत्तो, पूर्व अध्यक्षहरु जीवा लामिछाने, शेष घले, वर्तमान अध्यक्ष भवन भट्ट, जमुना गुरुगंलगायत सहभागि हुनुहुने तय भएको सम्मेलन तयारी सदस्य सचिव टिका गुरुङले जानकारी गराउनुभयो ।

सम्मेलनमा क्षेत्रीय समितिमा आबद्ध चीनसहितका प्रतिनिधि गरि तीन सयभन्दा बढीको सहभागिता रहनेछ । एसिया प्यासिफिकबाट मुख्यभूमी चीन, हङकङ, मकाउ, दक्षिण कोरिया, जापान, मलेशिया, म्यानमार, फिलिपिन्स, थाइल्यान्ड लगायतका देश तथा अन्य मुलुकहरुबाट सहभागिता रहेको छ ।

एनआरएन एसिया प्याशेफिक संयोजक किरण थापाले सम्मेलनमा विभिन्न क्षेत्रका विषयमा छलफल हुने जानकारी दिनुभयो । विशेष गरि सम्मेलनमा मलेसियाको सवाल, युवा, महिलालगायतका विषयमा छलफल गरिने र अन्य क्षेत्रको सम्मेलनभन्दा विल्कुल फरक हुने संयोजक थापाले बताउनुभयो । परापूर्वकालदेखि एसिया प्याशेफिकमा २० लाख भन्दा बढी नेपाली बसोबास गर्ने भएकाले उनीहरुको समस्या पहिचान गर्नेतर्फ केन्द्रित हुने संयोजक थापाको भनाइ छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु