डाउन सिण्ड्रोम अपाङ्गताका सवालमा अन्तरक्रियास्याङ्जाको फेदी खोलामा जिल्लास्तरीय पुरुष भलिबल हुनेनेपाली व्यवसायी संघ कतार र निर्यात व्यावसायी महासंघबिच द्धिपक्षिय सम्झौतामा हस्ताक्षरतनहुँ जिल्ला निर्वाचन क्षेत्र नं. १ र बारा जिल्ला निर्वाचन क्षेत्र नं. २ मा २०८० वैशाख १० गते उपनिर्वाचन हुनेआज मिति २०७९ चैत ६ गते, सोमवारको राशिफलनेपाल पत्रकार महासंघ काठमाडौ शाखाले आदर्श पत्रकारिता पुरस्कारको घोषणानेपाल रेमिट इन्टरनेशनल प्रा.लि. र राष्ट्रिय वाणिज्य बैँक लि. बिच बैदेशिक रेमिटान्स बैँकिङ्ग च्यानल मार्फत भुक्तानि गर्ने सम्वन्धि सम्झौताएक महिनाभित्र खानेपानी तथा सरसफाई नीति आउनेउसु महासंघको अध्यक्षमा बर्तौला निर्विरोधनेपाल उसु महासङ्घको उपाध्यक्षमा अभिषेक विक्रम शाह निर्वाचित

बहालवाला न्यायाधीशको श्रीमती भएरपनि म एक निर्दोष महिलामाथि यति ठूलो अन्याय हुन्छ भने सर्वसाधारणले न्यायको आशा कसरी गर्न सक्लान ? : ललिता (भिडियोसहित)

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ मंसिर २२, शनिबार १८:४७

काठमाडौं, २२ मंसिर । सर्वोच्च अदालतका बहालवाला न्यायाधीश प्रकाशमान सिंह राउतकी श्रीमती ललिता कुमारी राउतले आफू श्रीमानबाट अन्यायमा परेको खुलासा गरेकी छन् ।

राउतले शनिबार रिपोर्टर्स क्बल नेपालमा पत्रकार सम्मेलन गरेर श्रीमानबाट अन्याय खेप्नुपरेको खुलासा गरेकी हुन । उनले भनिन्,‘म ललिता राउत हुँ, २०६१ मंसिरमा मेरो विवाह भएको थियो, एउटी महिलालाई विवाहपछि बच्चा हुनुपर्छ भन्ने ठूलो चाहना हुन्छ, त्यो चाहनाबाट बञ्चित बनाईयो, मलाई बच्चा चाहियो भने, उहाँ भरे साँझमा घरमा आउनुहुन्थ्यो, मैले आफ्नो कुरा राख्थे, जहिले पनि पाटी, मिटिङ यस्तै यस्तै भनेर समय बिताउनुहुन्थ्यो ।’

 

उनले अघि थपिन्,‘बच्चाकोबारेमा दाजुभाउजुसँग कुरा गरें, उहाँहरुले मान्नुभएको थिएन । तर, पछि बल्लतल्ल मान्नुभयो, दुःख गरेर बच्चा माँगे, हुर्काए केही समयपछि बच्चाको जन्मदर्ता गराउँनुपर्ने भयो, त्यसमा आमाको नाम, बाबुको नाम चाहिनेभयो, त्यसबेला मैले बाबुको नाम प्रकाशमान सिंह राउत र आमा ललिता कुमारी राउत नाम दिएँ ।’

ललिताले पत्रकार सम्मेलनमा जारी गरेको प्रेस विज्ञप्तीमा भनिएको छ,‘ममाथि भएको अन्यायलाई वास्तविक बुझि छानविन गरी, दोषीलाई कारबाही गरी मैले कानूनबमोजिम पाउनुपर्ने अधिकार तथा न्याय दिलाउनको लागि सहयोगको आवश्यक भएको महसुस गरेकी छु ।’
विज्ञप्तीमा थप भनिएको छ,‘सम्मानित सर्वोच्च अदालतका बहालवाला न्यायाधीशको श्रीमती भएर पनि म एक निर्दोष महिलामाथि यति ठूलो अन्याय हुन्छ भने सर्वसाधारण नागरिकहरुले न्यायको आशा कसरी गर्न सक्लान ? यो विषयमा सोच्नुपर्ने विषय भएको छ ।’

 

राउतले भनेकी छन्,‘यो घट्नाको विषयलाई व्यवस्थापिका संसदमा पनि बहसको विषय बनाउन म विन्रम अनुरोध गर्दछु, महिलामाथि यति ठूलो जालझेल र षड्यन्त्र भएको छ, यसको कारण के हो ? एउटा श्रीमतीले श्रीमानबाट पाउनुपर्ने कर्तव्य र अधिकार के हो ? यो प्रश्नको उत्तर दिनुपर्दैन होला, मेरो श्रीमानबाट श्रीमतीले पाउनुपर्ने सामाजिक दायित्वबाट निक्कै समय अगाडिदेखि बञ्चित छु, र बिनाकारण म र मेरा आफन्तहरुलाई हिरासतमा लिने, मानसिक यातना दिनेजस्ता घृणित कार्यहरु भैरहेका छन् ।’

न्याय माग्दा आफ्नो पदीय शक्तिको दुरुपयोग गरी सरकारका निकायलाई गलत प्रयोग गर्न लगाई आफू र आफ्ना दुईजना दाजु भाउजुसहितलाई २२ दिनसम्म ईलाका प्रहरी कार्यालय कटारीको कष्टडीमा किन राखियो ? भन्दै उनले प्रश्नसमेत गरेकी छिन् ।

सोबारे छानविन गरि कानूनको दुरुपयोग गरि गलत अर्थ लगाई थुन्न लगाउने र सो कार्यमा संलग्न रहेकाहरुलाई निलम्वन गर्नसमेत उनले माग गरेकी छिन् । उनले यसबारे तत्कालै छानविन समिति गठन गरियोस भन्दै माग राखेकी छिन् । उनले भनिन्,‘यस गम्भिर घटनाको वास्तविकतालाई बाहिर ल्याउनेको लागि विन्रम अुनरोध गर्दछु ।’

कार्यक्रममा ललिताका दाजुहरु बाबुराम चौहान, शिवशंकर चौहान र भाउजु बुनु चौहानले आफूहरुलाई बिना गल्ती फसाईएको र हिरासतमा राख्ने काम भएकाले छानविनसँगै न्यायको माग गरेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु