डाउन सिण्ड्रोम अपाङ्गताका सवालमा अन्तरक्रियास्याङ्जाको फेदी खोलामा जिल्लास्तरीय पुरुष भलिबल हुनेनेपाली व्यवसायी संघ कतार र निर्यात व्यावसायी महासंघबिच द्धिपक्षिय सम्झौतामा हस्ताक्षरतनहुँ जिल्ला निर्वाचन क्षेत्र नं. १ र बारा जिल्ला निर्वाचन क्षेत्र नं. २ मा २०८० वैशाख १० गते उपनिर्वाचन हुनेआज मिति २०७९ चैत ६ गते, सोमवारको राशिफलनेपाल पत्रकार महासंघ काठमाडौ शाखाले आदर्श पत्रकारिता पुरस्कारको घोषणानेपाल रेमिट इन्टरनेशनल प्रा.लि. र राष्ट्रिय वाणिज्य बैँक लि. बिच बैदेशिक रेमिटान्स बैँकिङ्ग च्यानल मार्फत भुक्तानि गर्ने सम्वन्धि सम्झौताएक महिनाभित्र खानेपानी तथा सरसफाई नीति आउनेउसु महासंघको अध्यक्षमा बर्तौला निर्विरोधनेपाल उसु महासङ्घको उपाध्यक्षमा अभिषेक विक्रम शाह निर्वाचित

ईपीएल क्रिकेटमा आज दुई खेल हुँदै

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ मंसिर २३, आईतवार ०८:३०

काठमाडौं, २३ मंसिर । एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट प्रतियोगितामा आज दुई खेल हुँदै छन् ।टियु क्रिकेट मैदानमा पहिलो खेलमा आज ललितपुर प्याट्रिएट्सले चितवन टाइगर्ससँग प्रतिस्पर्धा गर्नेछ । आफ्नो पहिलो खेलमा नै विराटनगर वारियर्ससँग ३ विकेटले पराजित भएको ललितपुर दोस्रो खेलमा जित हात पार्ने लक्ष्यमा छ ।

चितवन पनि आफ्नो पहिलो खेलमा जित हात पार्दै सुखद सुरुवात गर्ने लक्ष्यमा छ । पहिलो खेल विहान ९ बजेदेखि सुरु हुनेछ ।

आजै हुने दोस्रो खेलमा भैरहवा ग्लाडिएटर्सले पोखरा राइनोजसँग प्रतिस्पर्धा गर्ने छ । दुवै टिमको यो पहिलो खेल हो । आ-आफ्नो पहिलो खेलमा नै जित हात पार्ने दाउमा दुवै टिम छन् ।

प्रतियोगितामा विराटनगर, ललितपुरसँगै काठमाडौं किंग्स इलाभेन, पोखरा राइनोज, चितवन टाइगर्स र भैरहवा ग्लाडिएटर्स रहेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु