ललितपुर महानगरपालिकाका वडा सदस्यहरुलाई अपाङ्गता सम्बन्धी जानकारी गराइयोनेपाल माल्टा च्यारिटी अर्गनाईजेसन र कोस्टा क्लिन फाउन्डेसनद्वारा प्याराडाइज बेमा सरसफाइआज मिति २०७९ साल चैत्र १३ सोमवारको हेर्नुस् राशिफलतामाङ सोसाइटी अफ अमेरिकको अध्यक्षमा भिजिनरी व्यक्तित्व बुद्धि मान तामाङ निर्वाचितकराते महासंघको नेतृत्वमा लामादोस्रो श्री नाथेश्वर आइ एफ के राष्ट्रिय फुल कन्ट्याक्ट कराँते प्रतियोगिता २०७९ सम्पन्नउत्पीडितहरूले आफ्नो असली प्रतिनिधि चिन्नुपर्छ : प्रधानमन्त्रीगोरखा सेवा समाज कतारको १२औँ साधारणसभा सम्पन्नप्रधानमन्त्री दाहालद्वारा कराते महाधिवेसनको उद्घाटनआज चैत १२ गते आइतबारको दिन तपाईंको कस्तो छ ? हेर्नुस् राशिफल

निर्मलाको हत्यारा पत्ता लगाउन नसकेको भन्दै नेपाल महिला संघले माग्यो गृहमन्त्री थापाको राजिनामा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ मंसिर २३, आईतवार १८:३४

काठमाडौं, २३ मंसिर । नेपाल महिला संघले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तका हत्यारालाई पत्ता लगाउन नसकेको भन्दै गृहमन्त्री राम बहादुर थापा ‘बादल’को राजिनामा माग गरेको छ ।
आइतबार रिपोर्टर्स क्लब नेपालमा नेपाल महिला संघले पत्रकार सम्मेलन गरेर निर्मलाको हत्यारा पत्ता लगाउन वर्तमान सरकार असफल भएको दाबी गर्दै गृहमन्त्री थापाको राजिनामा माग गरेको हो ।

कार्यक्रममा संघकी महासचिव तथा राष्ट्रिय सभाकी सदस्य धना खतिवडाले नक्कली अभियुक्त खडा गरेर निर्मला पन्तका बास्तविक हत्यारालाई सरकारले उन्मुक्ति दिन खाजेको आरोप लगाएकी छिन् ।
सांसद खतिवडाले भनिन्,‘गत साउन १० गते बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तका हत्यारालाई सरकारले उन्मुक्ति दिन खोज्दैछ, पटक–पटक नक्कली अभियुक्त खडा गरेर सरकार असली हत्यारालाई जोगाउन लागेको छ, यस्तो घृणित र खेदजनक कार्यप्रति नेपाल महिला संघ घोर भत्र्सना गर्दछ ।’

निर्मला पन्तको हत्या सामान्य खानदानको मानिसले नगरेको पनि उनको दाबी छ । खतिवडाले भनिन्,‘निर्मलाको हत्या सामान्य खानदानको मान्छेले गरेको होईन भन्ने कुरा आम नागरिकले महसुस गरिसकेका छन्, अहिले खडा गरिएका अभियुक्तका बयान र निर्मला पन्तको पोष्टमार्टम रिपोर्टले फरक सत्य बताएको छ, यस्तो नाटक गरेर जनता र गरिबहरुमाथि दुई तिहाई नेकपाको सरकारले खेलबाड गरिहेको छ, के यसरी समृद्ध र सुखि नेपाली बन्छन् ? म सोध्न चाहन्छु यस्तो विषम परिस्थितिमा पनि गृहमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिनुपर्छ कि पर्दैन् ?

नेपाल सनतान धर्मको ऐतिहासिक पृष्ठभूमिको देश भएको भन्दै सांसद खतिवडाले भनिन्,‘व्यक्ति जुनसुकै कार्यक्रम र सभामा सहभागि हुन पाउँछ तर सरकार नै विवादित धार्मिक संस्थाको आयोजक बन्नु कहाँसम्मको जायज हो ? यो आम नेपाली जनताको भावना र संविधान हित विपरित कार्य हो, सरकारको यस रबैयाप्रति महिला संघले आपत्ति जनाउँछ, महिलाकाबारेमा हामीले नगरे कसले गर्ने ? अहिले नगरे कहिले गर्ने ?’

महिला हिँसाविरुद्ध १६ दिने राष्ट्रिय अभियान जारी रहेको बताउँदै खतिवडाले अघि थपिन्,‘असल मानिस केही नगरि बस्नु भनेको खराब मानिसको नियत सफल हुनु हो’ राज्यले महिलाहरुकोबारेमा अधिकार दिएको छ, तर व्यवहारमा महिलाहरुले अधिकार पाएका छैनन्, कानून फितलो छ, बलत्कार, दण्डहिनता चरम पराकाष्ठा छ, अर्कोतर्फ मूल्य बृद्धि, कालोबजारी, भ्रष्टाचार मौलाएको छ, तीन तहको स्थानीय सरकार भएरपनि जनताले विधिको शासन र कानूनी राजको महसुस गर्न पाएनन्, देशको विकास र समृद्धि भाषणमा सिमित छ ।’
प्रेस विज्ञप्ती

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु