चैत १९,आइतबार :तपाईंको आजको दिन कस्तो छ ? हेर्नुस् राशिफलरास्वपाले १० वैशाखमा उपचुनाव हुने ३ वटा निर्वाचन क्षेत्रमा उम्मेदवार घोषणारसुवागढी नाका आजदेखि पूर्णरुपमा दुईतर्फी सञ्चालनमाकांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्नेखेलकुद सामान्य क्षेत्र होइन– प्रधानमन्त्री दाहालचैत, १८ गते शनिबार : यस्तो छ तपाईंको आजको राशिफलतारकेश्वरमा शाखा राख्न शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको प्रस्ताव, साङलामा डायलसीसका लागि प्राविधि सहयोग गर्नेसरकारले पूर्णता पायो, अब देशमा विकासले गति लिन्छ : प्रधानमन्त्री दाहालहेरेको तिमीलाई'मा सिम्पल र कुन्साङको रोमान्स ( भिडियोआजबाट एसइई परिक्षा सुरु, ५ लाख १६ हजार परीक्षार्थी सहभागी हुँदै

यस्ता छन् हङकङमा सम्पन्न गैरआवासीय नेपाली संघ छैठौ एशिया प्रशान्त क्षेत्रीय बैठक र पहिलो महिला भेलाका निर्णयहरु (निर्णयहरुसहित)

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ मंसिर २४, सोमबार ०८:२६

हङकङ–गैरआवासीय नेपाली संघको दुई दिने एसिया प्रशान्त क्षेत्रीय बैठक र प्रथम महिला भेला माननीय कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनालको प्रमुख आतिथ्यतामा ‘समृद्ध नेपालका लागि लगानी र रोजगार : दायित्व सहित गैरआवासीय नेपालीलाई अधिकार’ भन्ने मूल नाराका साथ १८ देशका ३ सय प्रतिनिधि सहित विभिन्न व्यक्तित्वहरुको सहभागितामा गैरआवासीय नेपाली संघ एशिया प्रशान्त क्षेत्रीय छैठौं बैठक डिसेम्बर ९, २०१८ का दिन हङकङमा सम्पन्न भयो ।

माननीय परराष्ट्र मन्त्रीको कार्य व्यवस्तताका कारण आपूm उपस्थिति हुन नसकेता पनि उहाँले पठाउनु भएको सन्देश हङकङका महावाणिज्यदूत कमलप्रसाद भट्टराईले पढेर सुनाउनु भयो । संघका अध्यक्ष, संस्थापक अध्यक्ष तथा प्रमुख संरक्षक, संरक्षक, पदाधिकारी तथा सदस्यहरुको उपस्थितिमा सम्पन्न यस बैठकका निर्णयहरुः

१.    गैरआवासीय नेपालीहरुको संयुक्त पहलमा हुने विभिन्न साना तथा मभ्mयौंला लगानीहरुलाई प्रोत्साहन गरी भावानात्मक र व्यवसायिक रुपमा प्रबद्र्धन गर्न र कानुनी सरलता र सहजिकरणका लागि नेपाल सरकारलाई अनुरोध गर्दछ ।

२.     वैदेशिक रोजगारबाट विभिन्न ज्ञान, सीप र प्रविधि सिकेर फर्किएका नेपालीहरुलाई आर्थिक सहयोग पुर्याई मुलुकको समृद्धिलाई सहयोग गर्न २० करोडको पुंजीको लगानीमा एनआरएन लघुवित्त संस्था खोलिने छ ।

३.    म्याग्दी जिल्लाको कुईने मंगले गाउंपालिका अन्तर्गत पर्ने ठूलो खोलामा ३५४ मिटर हेड भएको मध्यम स्तरको जलविद्युत आयोजना सम्पन्न गर्न नेपालभित्र र गैरआवासीय नेपालीहरुको संयुक्त पहलमा उर्जा कम्पनी खडा भईसकेको छ । आर्थिक रुपमा अत्यन्त आकर्षित सो आयोजनामा संसार भरीका गैरआवासीय नेपालीहरुलाई संयुक्त लगानीमा साझेदारी गर्न बैठक आव्हान गर्दछ ।

४.    नेपाल सरकारसंगको सहकार्यमा १०० मिलियन डलरको : Mutual Investment Vehicle खडा गरेर साना तथा ठूला लगानी गर्न सक्ने सबै नेपालीहरुलाई लगानी गर्ने वातावरण बनाई देशको पूर्वाधार निर्माणमा लगानी गर्ने निर्णय गर्दछ ।

५.    नेपालको ऐतिहासिक महत्व राख्ने सिन्धुलिगढी परियोजनाका लागि नेपाल सरकार र स्थानीय सरकारसंग पहल गरी साझेदारी मोडेलमा विकास गर्न पहल गर्ने निर्णय गर्दछ ।

६.    नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्शसंग सहकार्य गरेर विश्वका २० विकसित देशहरुसंग आर्थिक विकास सम्झौता,  द्वैध कर निषेध सम्झौता  र विप्पा सम्झौता गराउँने पहल गर्ने निर्णय गर्दछ ।

७.    गैरआवासीय नेपाली संघको संलग्नतामा खडा भएको उज्यालो नेपाल फाउण्डेशन मार्पmत देशमा १ करोड पुराना चिमबत्तीलाई आधुनिक एलईडीमा परिवर्तन गरी ३०० मेगावाट किफायत गराउँने परियोजनालाई अगाडि बढाउने निर्णय गरियो ।

८.    ६० प्रतिशत नेपालीहरु संलग्न भई देशको ३५ प्रतिशत न्म्ए धानिरहेको कृषि क्षेत्रलाई आधुनिक कृषिमा परिवर्तन गर्नको लागि विदेशमा सिकेको कृषि सम्बन्धि सीपलाई नेपालमा भित्र्याई आधुनिक कृषि क्षेत्रका परियोजनाहरुलाई अगाडि बढाउने निर्णय गर्दछ ।

९.    संविधानको धारा २९१ ले कुनै देशको स्थायी बसोबासको अनुमति लिएर बसिरहेका नेपाली नागरिकको मौलिक अधिकारलाई कटौति गरेको छ । हङकङ लगायत कतिपय मुलुकमा स्थायी बसोबास अनुमति प्राप्त भएपछि चाहेर पनि परित्याग गर्ने कुनै प्रावधान नभएकोले स्वदेश फिर्ता भएर नेपाली नागरिकका रुपमा मौलिक हकको उपभोग गर्न नपाइने अवस्था भएकोले संविधानको धारा २९१ को खारेजी गर्न नेपालका सबै राजनीतिक दल र संघीय संसदलाई अनुरोध गर्दछ ।

१०.    गैरआवासीय नेपाली नागरिकता उपलब्ध गराउँन संविधानमा व्यवस्था भएकोलाई यो बैठक स्वागत गर्दै अब बन्ने कानुन र ऐनमा नेपाली नागरिक सरहको अधिकार सुनिश्चित गर्न यो बैठक आग्रह गर्दछ ।

११.     गैरआवासीय नेपाली संघ महिला फोरमले हालसम्म गरेका कार्यहरुको प्रसंसा गर्दै महिलाहरुको उद्यमशीलता विकास तथा लगानी अभिबृद्धिका लागि आवश्यक सहयोग गर्ने र महिलाहरुलाई लगानीका क्षेत्रमा अघि बढाउने, महिला फोरमको सकृयतामा गत वर्षबाट शुरु भएको शीप विकास तालिमलाई निरन्तरता दिने र गैरआवासीय नेपाली अभियानमा महिलाहरुको सहभागिता बढाउने अभिप्रायले हरेक राष्ट्रिय समन्वय परिषद्मा यथा सम्भव महिला सहभागिता सुनिश्चित गराउँने निर्णय गर्दछ ।

१२.     एसिया प्रशान्त क्षेत्रमा बसोवास गर्ने युवा जमात तथा दोस्रो पुस्तालाई संघको मुलधारमा समाहित गर्दै देशको सर्वांगीण विकासमा हातेमालो गर्न सरोकार व्यक्ति तथा निकायहरुलाई अनुरोध गर्ने निर्णय गर्दछ । विदेशमा नेपाली पाठ्यक्रम अनुसार संचालन भैरहेका विद्यालयहरुलाई मान्यता दिई परीक्षा प्रणाली लगायतका सहजीकरणका काम सरल रुपमा गर्न र दूतावास मार्फत निरीक्षणको व्यवस्था मिलाउन नेपाल सरकारलाई अनुरोध गर्दै बालबालिकाहरुलाई नेपाली भाषा, लिपी, संस्कार र संस्कृति सिकाउने कार्य गर्न यो बैठक अपील गर्दछ ।

 

१३.     वैदेशिक रोजगारमा गइ विभिन्न मुलुकका जेलमा रहेका नेपालीको उद्दार तथा सहयोगका लागि भइरहेका कार्यलाई अझ प्रभावकारी रुपमा अगाडि बढाउने निर्णय गर्दछ ।

१४.  भूतपूर्व गोरखा सैनिकको जायज मागलाई सम्बोधन गर्न सम्बन्धित निकायमा पहल गर्न यो बैठक नेपाल सरकारसंग अनुरोध गर्दछ ।

१५.    यो बैठक सफलतापूृर्वक सम्पन्न गर्न सघाउनु हुने नेपाल सरकार, हङकङ स्थित महावाणिज्य दुतावास, हङकङ सरकार, सम्पूर्ण राष्ट्रिय समन्वय परिषद्, आयोजक राष्ट्र, प्रायोजक, स्वयम्सेवी, पत्रकार, कलाकार लगायत सबै पक्षलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु