दोस्रो श्री नाथेश्वर आइ एफ के राष्ट्रिय फुल कन्ट्याक्ट कराँते प्रतियोगिता २०७९ सम्पन्नउत्पीडितहरूले आफ्नो असली प्रतिनिधि चिन्नुपर्छ : प्रधानमन्त्रीगोरखा सेवा समाज कतारको १२औँ साधारणसभा सम्पन्नप्रधानमन्त्री दाहालद्वारा कराते महाधिवेसनको उद्घाटनआज चैत १२ गते आइतबारको दिन तपाईंको कस्तो छ ? हेर्नुस् राशिफलबालपोषणको अवस्था, चुनौती र सरोकारवालाको भुमिका तथा बालपोषणको अवस्था पुस्तिका सार्वजनिकटोखा नगरपालिकास्तरिय कस्यप गोत्रीय अधिकारी समाज गठनविभिन्न पार्टी परित्याग गरी नेता कार्यकर्ता विप्लव नेतृत्वको नेकपा प्रवेशएलडीबीए बास्केटबल भोलिदेखिसातौं भक्तपुर औद्योगिक, साँस्कृतिक तथा पर्यटन महोत्सव हुने

युवा स्वरोजगार कोषको व्याज रकम ऋणीलाई फिर्ता

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ मंसिर २४, सोमबार ०८:२८
भक्तपुर । सरकारले सहकारी मार्फत सहुलियत ऋण प्रदान गरि युवालाई स्वरोजगार बनाउन ल्याएको युवा स्वरोजगार कोष अन्र्तगतको ऋण लगानीको व्याज रकम फिर्ता गरेको छ । सहकारीमार्फत प्रदान गरेको ऋण भुक्तानी भएपश्चात कुल व्याजको ६० प्रतिशत रकम कोषले ऋणीलाई फिर्ता गरेको हो । युवा स्वरोजगार कोषले चाँगुनारायण नगरपालिका–६ नगरकोटस्थित युवा बचत तथा ऋण सहकारी संस्था लि.मार्फत लगानी गरेको ५० लाख ऋणको व्याज रकम ऋणीलाई नै फिर्ता गरेको छ । युवा साकोसमा आवद्ध २८ जना सदस्यहरुले लिएको ऋणको ३ लाख ४९ हजार रुपैयाँ व्याज रकम कोषले फिर्ता गरेको छ । व्याज रकम फिर्ता कार्यक्रममा बोल्दै युवा साकोसका अध्यक्ष प्रल्हाद बास्तोलाले कोषले प्रदान गरेको ऋणबाट चाँगुनारायणका ५, ६ र ७ नं. वडाका युवाहरु स्वरोजगार बन्न प्रोत्साहित गरेको बताउनुभयो । उहाँले दोस्रो किस्ता अन्र्तगत कोषले युवा सहकारीलाई ७५ लाख प्रदान गरेको र सो रकम पनि ३ वटै वडाका युवाहरुमा स्वरोजगार कार्यक्रम अन्र्तगत लगानी गरिएको जानकारी दिनुभयो । व्याज रकम फिर्ता कार्यक्रममा संस्थाका सचिव सोम शर्मा (बजगाईं), कोषाध्यक्ष प्रकाश बास्तोला, लेखा संयोजक जयराम बास्तोला, व्यवस्थापक बिनोद लामिछानेलगायतले युवा स्वरोजगार कोषले सहकारी मार्फत प्रदान गरेको सहुलियत ऋणको दायरा बढाउन सके युवा विदेश पलायन रोक्न मद्दत पुग्ने बताउनुभयो ।
फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु