स्पाइनल इन्जरी भएका व्यक्तिहरूको अधिकार तथा क्षमता अभिवृद्धि” सम्बन्धी ३ दिने सो गोष्ठीयस्तो छ तपाईंको आजको राशिफलग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले पायो ‘एनएबीएच’ मान्यताबुढीगण्डकी ‘क’ र ‘ख’ जलविद्युत आयोजना निर्माण हुने काठमाडौंमा गरियो सार्वजनिक सुनुवाईठेक्का सम्झौताको २७ वर्षसम्म पाएनन् व्यवसायीले भुत्तानी, सर्वोच्चको फैसलासमेत कार्यन्वयन नभएको भुजेलको गुनासोदुबईमा बेचिएकी नेपाली चेलीको उद्दारस्थायी प्रवृत्तिको पत्रकारिता विकास कोष स्थापना गर्ने प्रधानमन्त्रीको घोषणाFlag Hoisting Ceremony on National Day of PakistanNation celebrates Pakistan Day with renewed pledge to work for progress of true Islamic welfare stateसत्ता गठबन्धनको बैठकमा सरकार विस्तारबारे छलफल

‘द भ्वाइस अफ नेपाल’ का टप ८ ट्यालेन्टहरु यस्ता छन् हेर्नुहाेस्, फाइनल कतारमा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ मंसिर २४, सोमबार १८:४७

नेपालका कुना कुनाबाट उत्कृष्ठ स्वरहरुको खोजी तथा विकासमा द भ्वाइस अफ नेपाल सिजन १ सफल सावित भएको छ । पहिलो नेपाली आवाज खोज्ने यो अभियानमा अब केही दिन मात्र बाँकी छ । अव फाइनलको यात्रा मात्र बाँकी रहेको छ ,  टप ८ सेमिफाइनलिष्टहरु मध्येबाट ४ फाइनलिष्ट छनोट हुनेछन । आजको कार्यक्रम पश्चात प्रत्येक कोचहरु संग एक एक ट्यालेन्टहरु रहनेछन । देश तथा विदेशमा निकै रुचाइएको द भ्वाइस अफ नेपालको फाइनल कार्यक्रम कतारको दोहाको एम पि थियटर मा हुने भएको छ । उक्त कार्यक्रममा टप ४ प्रतिष्पर्धीहरु मध्येवाट पहिलो द भ्वाइस अफ नेपाल छनोट गरिनेछ जुन दशर्कको भोटमा निर्भर रहनेछ । त्यसैले आफ्नो प्रिय ट्यालेन्टलाइ जिताउन जति सक्दो धेरै भोट गर्नुहोला । आफ्नो प्रिय ट्यालेन्टलाइ भोटिङ्ग गर्नको लागि तपाइँले एस.एम.एस तथा एप स्टोर अथवा प्ले स्टोरबाट द भ्वाइस अफ नेपाल एप्स डाउनलोड गरी भोट गर्न सक्नुहुनेछ ।

कस्ता छन् त द भ्वाइस अफ नेपालका टप ८ ट्यालेन्टहरु

१. शुशिल गर्ताैला
काठमाण्डौ निवासी गर्ताैलाको सांगितिक साधना निकै धेरै समयदेखिको हो । उनी शास्त्रीय संगितमा आफ्नो भविष्यको खोजी गर्दै द भ्वाइस अफ नेपाल सम्मको यात्रामा सामेल भएका छन । उनले द भ्वाइसको आगनमा ‘राग’ बाट सवै कोच बाट रेड बटम पाएका थिए । उक्त गीत मार्फत कोच प्रमोदको आँखा रसाएका थिए । उनी सुगमा गौतमसंग ब्याटल राउण्डमा र आशिष संग सेमिफाइनलको प्रतिष्पर्धामा सफल भएका थिए ।

२. विद्या तिवारी
टिम सनुपबाट विद्या तिवारीको मन किन रुन्छ यो मन बोलको गीतमा सवैकोचको मन छुन सफल रहिन । उनी रिप राना मगर संग ब्याटल राउण्डमा तिमिविनाको जिवन काँडा बोलको गीतमा उक्रिइन । उनकोे स्वरमा गाइएको गित ‘पिच रोड’ले युट्युवमा राम्रो चर्चा पनि पाएको छ ।

३. कुशल आचार्य
११/१२ बर्षकै उमेर देखि गाउँदै आएका कांकडभित्ता, झापाका कुशल भ्वाइस अफ नेपालमा आफ्नो कुशल प्रतिभा देखाउदै आएका छन । कोच अभयाका कुशल लामो समयवाट बार, तथा क्लबमा पनि गीत गाउँदै आएका छन । उनि सुन्दरता तिम्रो उदाहरण लिएर ब्लाइण्ड अडिसनमा प्रस्तुति दिएका थिए । उनी सन्तोष घलेसंग तिम्रो मन भन्ने गितमा ब्याटल गरी लाइभ राउण्डमा ‘राम सांइलि’ र ‘सिन्डीकेट’ मिक्स गित गाएर सेमि फाइनलमा प्रवेश गरी ‘चौतारीको बर-पिपल’ गीतमा दमदार प्रस्तुती दिएका आर्चायलाइ स्टाइलिस ट्यालेन्ट पनि मानिएको छ ।

४. सी.डी. विजय अधिकारी
‘दैव हे’ बोलको गीत मार्फत भ्वाइस अफ नेपालको यात्रा प्रवेश गरेका विजयको नाम अघिको सी. डीको अर्थ बुवाको नाम चन्द्रकान्त र आमाको नाम दुर्गा हो । उनी योगेन्द्र उपाध्यायसंग ब्याटलराउण्डमा देखिएका थिए । टिम प्रमोदका विजयले रेडियो नेपालको कार्यक्रममा पनि सफलता हात पारेका थिए । उनले ‘भिरमा उन्यु’ गीतबाट लाइभ राउण्डमा देखिएका थिए भने सेमी फाइनल राउण्डमा ‘मैले’ बोलको गित बाट आएका थिए ।

५. सिर्जय थपलिया
झोला बोकेर स्टेजमा देखिने सृजयले लाइभ सोमा ‘जिवनमा पहिलो पटक’ बोलको गित गाएका छन । विराटनगरको सृजय ब्लाइण्ड अडिसनमा कोच अभायाको मन जित्न सफल देखिए, तर ब्याटल राउन्डमा उनलाई कोच प्रमोदले स्टिल गरेर यहाँ सम्मको यात्रामा निरन्तरता पाए ।

६. श्रेया राईृ
वि.एस.सि नर्सिङ्ग अध्ययनरत धनकुटाकी द भ्वाइसको कान्छी ट्यालेन्ट श्रेयाले ‘धनकुटाका डाँडा’ बोलको गित लाइभ राउण्डमा देखीएकी थिइन । उनी सलिना रामुडामु संग ब्यटल राउण्डमा ‘मखमली चोली’ गित गाएकी थिएन । सानै उमेरमा उनको सांगितिक उचाईको सर्वत्र प्रशंशा हुन थालेको छ ।

७. विवेक वाइवा लामा
काठमाण्डौका विबेक बाइवा लामा कोच दिपका एक उत्कृष्ट ट्यालेन्ट हुन् । आफनो विधा भन्दा बाहिर रहेर कोच दिपले विबेकलाई आफनो टिममा समावेश गर्नुभएको हो । उनको प्रस्तुतिशैलीको निकै प्रशंसा हुने गरेको छ ।

८. सप्तक दुर्तराज
टिममा सनुप अन्र्तगत काठमाण्डौका सप्तक दुतराज द भ्वाइस अफ नेपालु को ब्लाइण्ड अडिसन राउण्डमा ‘आँखामा तिमीलाइ’ गाएर कोच सनुप र प्रमोदको मन जित्न सफल भए । ब्याटल राउण्डमा ‘तिमि नै हो’ बोलको गीतमा अनिस गबुजासंग गाएका थिए । उनलाइ प्रमोदले निकै रुचाएका थिए । लाइभ राउण्डमा ‘मार्यो नि मार्यो’ र हिमाली नेपाली गीतमा आफ्नो कला प्रस्तुत गरेका छन । उनको आजको कोसेली कस्तो हुने हो हेर्न बाँकी नै छ । उनले सेमिफाइनलमा ‘आफ्नै संसारमा किन’ बोलको गितमा दमदार प्रस्तुति दिएका थिए ।

अब यि ट्यालेन्टहरु मध्येबाट फाइनलको लागि चारजना छानिने छन् फाइनलको लागि अनि हुने छ फाइनल कतारको दोहामा । को हुनेछ त नेपालको पहिलो भ्वाइस जसको आवाज नै पहिचान बन्ने छ । आफ्नो मनपर्ने ट्यालेन्टलाई जिताउने अधिकार दर्शकमा रहेको छ, त्यसकारण आफनो मनपर्ने ट्यालेन्टलाई जिताउन सक्दो भोटिङ्ग गर्नुहोस् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु