तामाङ सोसाइटी अफ अमेरिकको अध्यक्षमा भिजिनरी व्यक्तित्व बुद्धि मान तामाङ निर्वाचितकराते महासंघको नेतृत्वमा लामादोस्रो श्री नाथेश्वर आइ एफ के राष्ट्रिय फुल कन्ट्याक्ट कराँते प्रतियोगिता २०७९ सम्पन्नउत्पीडितहरूले आफ्नो असली प्रतिनिधि चिन्नुपर्छ : प्रधानमन्त्रीगोरखा सेवा समाज कतारको १२औँ साधारणसभा सम्पन्नप्रधानमन्त्री दाहालद्वारा कराते महाधिवेसनको उद्घाटनआज चैत १२ गते आइतबारको दिन तपाईंको कस्तो छ ? हेर्नुस् राशिफलबालपोषणको अवस्था, चुनौती र सरोकारवालाको भुमिका तथा बालपोषणको अवस्था पुस्तिका सार्वजनिकटोखा नगरपालिकास्तरिय कस्यप गोत्रीय अधिकारी समाज गठनविभिन्न पार्टी परित्याग गरी नेता कार्यकर्ता विप्लव नेतृत्वको नेकपा प्रवेश

द भ्वाइस अफ नेपाल अन्तिम चरणमा, को बन्ला त पहिलो “द भ्वाइस अफ नेपाल ?”

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ मंसिर २५, मंगलवार ०९:२८

उत्कृष्ट स्वरहरुको कार्यक्रम द भ्वाइस अफ नेपाल अन्तिम चरणमा पुगिसकेको छ । कार्यक्रममा टप ४ ट्यालेन्टहरु छनोट भइसकेका छन । हाल सम्म ३१ बटा श्रृंखलाहरु मार्फत आफ्नो कार्यक्रम द भ्वाइस अफ नेपालको अन्तिम तथा ३२ औँ श्रृंखला कतारको दोहाको एम फि थियटरमा हुने भएको छ । जस्को प्रत्यक्ष प्रसारण नेपाली समय अनुसार राती १० बजे कान्तिपुर टि.भी., डिस होमको रमाइलो एच डी तथा द भ्वाइस अफ नेपालको युट्युव च्यानल मार्फत हेर्न सकिने छ । डिसेम्बर १४ मा हुने उक्त कार्यक्रममा पहिलो द भ्वाइस अफ नेपाल छनोट हुनेछन । एकै साथ टप ८ हरुको प्रस्तुती प्रस्तुत गरिने उक्त कार्यक्रममा तेजेन्द्र गन्र्दभको पनि प्रस्तुती रहने जनाइएको छ । बहुचर्चित नेपाली हाँस्य कलाकार ध्रुमुस सुन्तलीको बेजोड प्रस्तुती रहने उक्त कार्यक्रमको लागि टिकट बुकिङ्ग खुला गरिसकिएको आयोजकले जनाएको छ ।

नेपालको पहिलो द भ्वाइस छनोट गर्ने सम्पुर्ण जिम्मा दर्शकलाइ सुम्पिएको छ । त्यसैले आफ्नो मन पर्ने ट्यालेन्टलाइ जिताउनका लागि भोट गर्न सक्नुहुने छ जस्का लागि तपाइँले प्ले स्टोर तथा एप स्टोरबाट द भ्वाइस अफ नेपालको एप डाउन्लोड गरी उत्कृष्ट तथा प्रिय ट्यालेन्टलाइ छनोट गर्न सक्नुहुनेछ ।

१. कुशल आचार्य
११/१२ बर्षकै उमेर देखि गाउँदै आएका कांकडभित्ता, झापाका कुशल भ्वाइस अफ नेपालमा आफ्नो कुशल प्रतिभा देखाउदै आएका छन । ग्लोवल गेट इन्टरनेशनल बत्तिसपुतली काठमाण्डौँमा अध्यनरत आर्चायले देश विदेश वाट निकै सर्मथन पाइरहेका छन । कोच अभयाका कुशल लामो समयवाट बार, तथा क्लबमा पनि गीत गाउँदै आएका छन । उनि सुन्दरता तिम्रो उदाहरण लिएर ब्लाइण्ड अडिसनमा प्रस्तुति दिएका थिए । उनी सन्तोष घलेसंग तिम्रो मन भन्ने गितमा ब्याटल गरी लाइभ राउण्डमा ‘राम सांइलि’ र ‘सिन्डीकेट’ मिक्स गित गाएर सेमि फाइनलमा प्रवेश गरी ‘चौतारीको बर’पिपल’ गीतमा दमदार प्रस्तुती दिएका आर्चायलाइ स्टाइलिस ट्यालेन्ट पनि मानिएको छ ।

कुशललाइ भोटिड़ भोट गर्ने तरिका
नेपाल देखी भोट गर्नको लागी मोबाईलको म्यासेज बक्समा गई
भोटिङ कोर्ड 14 टाइप गरि 37000 मा सेन्ड गर्नुहोला ।
यदि तपाईं नेपाल टेलिकमको ल्यान्ड लाईन वा सिम प्रयोग गर्नु हुन्छ भने 16667714 डाइल गरि भोट गर्न सक्नु हुनेछ ।
त्यसै गरि यदि तपाईं भारत (India) मा हुनु हुन्छ भने म्यासेज बक्समा गएर भोटिङ कोर्ड 14 टाईप गरी 53010 मा सेन्ड गर्न सक्नु हुन्छ। र
बिदेशमा हुनु हुन्छ भने Android मोबाइल वा Apple मोबाइलको स्टोरमा गएर The Voice Of Nepal Apps डाउनलोड गरि Team Abhaya भित्र Kushal रोजी vote गर्न सक्नु हुनेछ ।

२. सी.डी. विजय अधिकारी
‘दैव हे’ बोलको गीत मार्फत भ्वाइस अफ नेपालको यात्रा प्रवेश गरेका विजयको नाम अघिको सी। डीको अर्थ बुवाको नाम चन्द्रकान्त र आमाको नाम दुर्गा हो । उनी योगेन्द्र उपाध्यायसंग ब्याटलराउण्डमा देखिएका थिए । टिम प्रमोदका विजयले रेडियो नेपालको कार्यक्रममा पनि सफलता हात पारेका थिए । उनले ‘भिरमा उन्यु’ गीतबाट लाइभ राउण्डमा देखिएका थिए भने सेमी फाइनल राउण्डमा ‘मैले’ बोलको गित बाट आएका थिए । मदरल्याण्ड स्कुल पढेका अधिकारी हाल पृथ्वीनारायण क्याम्पसमा वि.वि.ए. तेस्रो वर्षमा अध्ययनरत छन । उनी पी एन सी आइडल २०१० को विजेता पनि हुन भने उनी खोजी प्रतिभा २ र प्रथम विग आइकन २०१० मा दोस्रो स्थान हात पारेका थिए ।

सी.डी. विजयलाइ भोटिड़ गर्ने तरिका
नेपाल देखी भोट गर्नको लागी मोबाईलको म्यासेज बक्समा गई
भोटिङ कोर्ड 11 टाइप गरि 37000 मा सेन्ड गर्नुहोला ।
यदि तपाईं नेपाल टेलिकमको ल्यान्ड लाईन वा सिम प्रयोग गर्नु हुन्छ भने 16667711 डाइल गरि भोट गर्न सक्नु हुनेछ ।
त्यसै गरि यदि तपाईं भारत (India) मा हुनु हुन्छ भने म्यासेज बक्समा गएर भोटिङ कोर्ड 11 टाईप गरी 53010 मा सेन्ड गर्न सक्नु हुन्छ। र
बिदेशमा हुनु हुन्छ भने Android मोबाइल वा Apple मोबाइलको स्टोरमा गएर The Voice Of Nepal Apps डाउनलोड गरि Team Deep भित्र CD Vijay रोजी vote गर्न सक्नु हुनेछ ।

३. सिर्जय थपलिया
झोला बोकेर स्टेजमा देखिने सृजयले लाइभ सोमा ‘जिवनमा पहिलो पटक’ बोलको गित गाएका छन । विराटनगरको पुर्वाञ्चल युनिर्भसिटीमा विविए अध्ययनरत सृजय ब्लाइण्ड अडिसनमा कोच अभायाको मन जित्न सफल देखिए, तर ब्याटल राउन्डमा उनलाई कोच प्रमोदले स्टिल गरेर यहाँ सम्मको यात्रामा निरन्तरता पाए ।

सिर्जयलाइ भोटिड़ गर्ने तरिका
नेपाल देखी भोट गर्नको लागी मोबाईलको म्यासेज बक्समा गई
भोटिङ कोर्ड 25 टाइप गरि 37000 मा सेन्ड गर्नुहोला ।
यदि तपाईं नेपाल टेलिकमको ल्यान्ड लाईन वा सिम प्रयोग गर्नु हुन्छ भने 16667725 डाइल गरि भोट गर्न सक्नु हुनेछ ।
त्यसै गरि यदि तपाईं भारत (India) मा हुनु हुन्छ भने म्यासेज बक्समा गएर भोटिङ कोर्ड 25 टाईप गरी 53010 मा सेन्ड गर्न सक्नु हुन्छ। र
बिदेशमा हुनु हुन्छ भने Android मोबाइल वा Apple मोबाइलको स्टोरमा गएर The Voice Of Nepal Apps डाउनलोड गरि Team Parmod भित्र shrijaya रोजी vote गर्न सक्नु हुनेछ ।

४. सप्तक दुर्तराज
टिममा सनुप अन्र्तगत काठमाण्डौका सप्तक दुतराज द भ्वाइस अफ नेपालु को ब्लाइण्ड अडिसन राउण्डमा ‘आँखामा तिमीलाइ’ गाएर कोच सनुप र प्रमोदको मन जित्न सफल भए । डन बोस्को कलेज पढेका सप्तक हाल खोपा इन्जिनियरीङ्ग कलेजमा अध्ययनरत छन । ब्याटल राउण्डमा ‘तिमि नै हो’ बोलको गीतमा अनिस गबुजासंग गाएका थिए । उनलाइ प्रमोदले निकै रुचाएका थिए । लाइभ राउण्डमा ‘मार्यो नि मार्यो’ र हिमाली नेपाली गीतमा आफ्नो कला प्रस्तुत गरेका छन । उनको आजको कोसेली कस्तो हुने हो हेर्न बाँकी नै छ । उनले सेमिफाइनलमा ‘आफ्नै संसारमा किन’ बोलको गितमा दमदार प्रस्तुति दिएका थिए ।

सप्तकलाइ भोटिड़ गर्ने तरिका
नेपाल देखी भोट गर्नको लागी मोबाईलको म्यासेज बक्समा गई
भोटिङ कोर्ड 23 टाइप गरि 37000 मा सेन्ड गर्नुहोला ।
यदि तपाईं नेपाल टेलिकमको ल्यान्ड लाईन वा सिम प्रयोग गर्नु हुन्छ भने 16667723 डाइल गरि भोट गर्न सक्नु हुनेछ ।
त्यसै गरि यदि तपाईं भारत (India) मा हुनु हुन्छ भने म्यासेज बक्समा गएर भोटिङ कोर्ड 23 टाईप गरी 53010 मा सेन्ड गर्न सक्नु हुन्छ। र
बिदेशमा हुनु हुन्छ भने Android मोबाइल वा Apple मोबाइलको स्टोरमा गएर The Voice Of Nepal Apps डाउनलोड गरि Team sanup भित्र saptak रोजी vote गर्न सक्नु हुनेछ ।

श्राेतः janasawal.com

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु