ललितपुर महानगरपालिकाका वडा सदस्यहरुलाई अपाङ्गता सम्बन्धी जानकारी गराइयोनेपाल माल्टा च्यारिटी अर्गनाईजेसन र कोस्टा क्लिन फाउन्डेसनद्वारा प्याराडाइज बेमा सरसफाइआज मिति २०७९ साल चैत्र १३ सोमवारको हेर्नुस् राशिफलतामाङ सोसाइटी अफ अमेरिकको अध्यक्षमा भिजिनरी व्यक्तित्व बुद्धि मान तामाङ निर्वाचितकराते महासंघको नेतृत्वमा लामादोस्रो श्री नाथेश्वर आइ एफ के राष्ट्रिय फुल कन्ट्याक्ट कराँते प्रतियोगिता २०७९ सम्पन्नउत्पीडितहरूले आफ्नो असली प्रतिनिधि चिन्नुपर्छ : प्रधानमन्त्रीगोरखा सेवा समाज कतारको १२औँ साधारणसभा सम्पन्नप्रधानमन्त्री दाहालद्वारा कराते महाधिवेसनको उद्घाटनआज चैत १२ गते आइतबारको दिन तपाईंको कस्तो छ ? हेर्नुस् राशिफल

एक साताभित्र माग सम्बोधन नभए आन्दोलनमा उत्रिने जनमुक्ति सेना घाइते तथा अपाङ्ग संघ नेपालको चेतावनी

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ मंसिर २५, मंगलवार १८:५३

काठमाडौं, २५ मंसिर । जनमुक्ति सेना घाइते तथा अपाङ्ग संघ नेपालले एक साताभित्र आफ्ना मागहरु सम्बोधन नभए आन्दोलनमा उत्रिने चेतावनी दिएको छ ।
मंगलबार रिपोर्टर्स क्लब नेपालमा संघ नेपालले पत्रकार सम्मेलन गरेर सरकारलाई जनयुद्धका घाइतेहरुले उठाएका मागहरु नीतिगत रुपमा समाधान गर्न एक साताको अल्टिमेटम दिएको छ ।

जनमुक्ति सेना घाइते तथा अपाङ्ग संघ नेपाल, प्रदेश नम्बर–२ का संयोजक रमेश कालिकोटेले एक साताभित्र आफूहरुले अघि सारेका मागहरु पूरा नभए आन्दोलनमा उत्रिने चेतावनी दिए ।
कालिकोटेले भने,‘मुलुकमा परिवर्तन ल्याउनको लागि, लोकतन्त्र र गणतन्त्र ल्याउन हाम्रो योग्दान सानो छैन्, हामीले लडेर जीवनको बलिदानसँग साटिएको गणतन्त्रमा हाम्रो अवस्था सडकमा छ, हाम्रो शरिरमा भएको गोली र छर्रा निकाल्न अहिले हामीले सकिरहेका छैनौं, हामीले धेरैपटक सरकारलाई आफ्ना पीडा सुनायौं तर समस्या समाधान भएनन्, आश्वासन मात्रै दिने समास्या समाधानको लागि काम नगर्ने स्थिति छ ।’

जनयुद्धका बेलामा विभिन्न मोर्चामा रहेर परिवर्तनको लाथि बलिदान दिएका मानिसहरुलाई कुनै पद नचाहिएको बताउँदै संयोजक कालिकोटेले निःशुल्क स्वास्थ्योपचार, बालबालिको लागि उच्च शिक्षा प्रदान, गणतन्त्र सेनानीको परिचयपत्र प्रदान, गाँस वासको व्यवस्था, यति मागहरु नीतिगत रुपमा पूरा गरे आफूहरुलाई राहत हुनेथियो भन्ने धारणा राखे ।
त्यस्तै कार्यक्रममा प्रदेश नम्बर–३ का संयोजक मोहनकुमार योञ्जनले पत्रकारहरुलाई जनयुद्धका घाइतेहरुको बारेमा गम्भिर बनिदिन आग्रह गरेका छन् ।


उनले भने,‘हामीले हिजोका दिनहरुमा स्कुल पढ्ने समयमा बन्दुक बोक्यौं, परिवर्तन सम्भव हुनेथिएन, सिंगो देश र नागरिकको लागि युद्ध लढिएको थियो, आज हामी सडकमा छौं, रोएर आँसु पुछ्नुपर्ने स्थिति छ, परिवर्तनको लागि आफ्न्त गुमाएका छौं, घाइते छौं, बिहान खाए बेलुका के खाउँको स्थिति छ।’

नेकपाका नेताहरुलाई छातिमा लाग्ने गोली आफूहरुले थापेको सुनाउँदै योञ्नले भने,‘आज उहाँहरु प्रधानमन्त्री बन्नुभयो, मन्त्री बन्नुभयो, उपराष्ट्रपति बन्नुभयो, यसमा हामी खुसि छौं तर हाम्रो स्थिति यति नाजुक छ, र उहाँहरुको हाईफाईको जीवन छ, यस्तो किन भयो ? हामीले पद मागेका छैनौं हामीले त बाँच्न पाउने अधिकारमात्रै मागेका छौं ।’
उनले नेकपाकै सरकार भएको बेला समेत आफ्ना मागहरु सम्बोधन हुन नसके कुनैबेला पनि आफूहरु अकल्पनीय निर्णय लिने बताएका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु