दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

कांग्रेसको महासमिति बैठक सम्पूर्ण तयारी सकियो

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ मंसिर २५ गते, मंगलवार १८:५८

काठमाडौंः नेपाली कांग्रेसका कुनै पनि सदस्य तथा नेताहरूले जातिय छुवाछुत गरेमा उनीहरूको पार्टी सदस्यता खारेज हुने भएको छ। नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा पेश भएको राजनीति प्रतिवेदनमा यस्तो उल्लेख भएको प्रवक्ता विश्वप्रकाश शर्माले बताए। उनका अनुसार सदस्यहरूको सदस्यता खारेज हुने छ भने नेताहरूलाई कारबाहीसहित सदस्यता पनि खारेज गरिने छ। साथै कांग्रेसले सरकारका राम्रा काममा सघाउने निर्णय गरेको छ। कांग्रेसका हरेक तहमा ३३ प्रतिशत महिलाको प्रतिनिधित्व गराउनेदेखि आदिवासीलगायतलाई पार्टीमा समावेशीताको हिसावले प्रतिनिधित्व गराउने पनि प्रतिवदेनमा समेटिएको छ।

पहिलेदेखि जस्तै अहिले पनि नेतृत्वमा मधेशलाई समावेश गर्ने, अन्तर्राष्ट्रिय सम्बन्धका विषयमा राष्ट्रहितलाई ध्यान दिने र विदेशमा रहेका नेपालीलाई मतदानको अधिकारका लागि पहल गर्ने विषय पनि प्रतिवेदनमा समेटिएको छ। यसैगरी प्रवक्ता विश्वप्रकाश शर्माले आगामी महासमिति बैठक सम्पूर्ण तयारी सकिएको बताएका छन्। उनले महासमिति बैठकमा एक करोड खर्च हुन सक्ने पूर्वानुमान गरेको छ।

‘अहिले अनुमानित खर्च मात्रै भन्न सकिएला। खास खर्च महासमिति बैठक सकिएपछि मात्रै भन्न सकिन्छ। खानपानदेखि सबै कुरामा करिब एक करोड बराबर खर्च हुने भन्ने हाम्रो अनुमान छ’, शर्माले भने। महासमिति बैठक सिंहदरबार अगाडिको योगाम्बर पार्टी प्यालेसमा हुने शर्माले जानकारी गराए। ‘पहिले पार्टी कार्यालयमै गर्ने कुरा थियो’, उनले भने, ‘अहिले स्थान सरिसक्यो। बाँकी कुरा सर्दैन।’

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु