दाङ : तुलसीपुर उमहानगरपालिकाको हर्न निषेधित क्षेत्रमा हर्न बजाउने दुईसय बढी चालकहरू कारवाहीमा परेका छन् । गत साता उपमहानगरपालिका–५ तुलसीपुर बजारलाई हर्न निषेध क्षेत्र घोषणा गरिएको थियो । ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव निरीक्षक चन्द्र बहादुर केसीले पालना नगर्ने २०४ चालकलाई कारवाही गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार सबैभन्दा बढी मोटरसाइकलका चालकका साथै बस, जीप, कार, ट्र्याक्टर, ट्रक, अटोरिक्साका चालकलाई कारवाही गरिएको छ ।
ती सबै चालकलाई प्रहरीले सडकमा नै कारवाही गरेको हो । ती मध्ये एक सय चालकलाई स्थलमा नै कारवाही गर्दा जरिवानाबाट रु ५२ हजार राजश्व सङ्कलन भएको छ । एकसय ४ जना चालकले आफुसँग पैसा नभएको भन्दै जरिवाना तिर्न आल आलटाल गर्ने बाँकी १०४ चालकको सवारी चालक अनुमतिपत्र तथा सवारी दर्ता प्रमाणपत्र नियन्त्रणमा लिइएको टा«फिक प्रहरी प्रमुख केसीले जानकारी दिनुभयो ।