मंसीर २६, काठमाडौं । काठमाडौं महागरपािलकाले आगामी दिनमा नेपालको क्रिकेट खेललाई पनि सहयोग गर्ने बताउनु भएको छ ।
राजधानीको शंखपार्कस्ति नेपालस्थित पाकिसतान दूतावासको क्रिेकेट ग्राउण्डमा आज देखि शुरु भएको नेपाल पाकिस्तान —फे«न्डसिप टी टयान्टी क्रिकेट टुर्नामेन्टको एक समोारहबीच प्रमुख शाक्यले ब्याटिङ्ग गरेर उद्घाटन गर्नु भयो ।
यसैगरी क्रिकेट र पाकिस्तान एक पर्यायबाची शब्द भए जसरी नेपालले पनि क्रिकेट खेलमा क्रमश प्रगति गर्दै गएकाले भविस्यमा नेपाल पनि संसारकै राम्रो टीम बन्न सक्ने आशा गर्दै यो मैत्रीपुर्ण टी टवान्टी खेल सदभावपुर्ण र प्रतिस्पर्धा मुलक हुनेमा शुभकामना दिनु भयो ।
त्यसैगरी हाल पाकिस्तानका वर्तमान प्रधानमन्त्री इमरान खान एक समयमा पाकिस्तानका चर्चित क्रिकेट खेलाडी भएको स्मरण गर्दै प्रमुख शाक्यले नेपालका युवा क्रिकेटर संदीप लामिछानेले सन २०१८ मा पहिलो पटक आइपियल खेलेको र हालै मात्र पाकिस्तान सुपर लिगका लागि पाकिस्तानको लाहोर कलन्दर क्लबले अनुबद्ध गरेकोमा यसले नेपाली खेलाडी लामिछानेले यो क्लबका लागि पनि राम्रो खेल खेल्ने आशा गर्नु भयो ।
यसैगरी प्रमुख शाक्यले भोलि पाकिस्तान जाने नेपाल सम्मिलति १८ जना युवा हकी टोलीलाई शुभकामना पनि दिनु भयो । पाकिस्तानको लाहोरमा पाँच सदस्य राष्ट्र पाकिस्तान, अफगानिस्तान, कजाखिस्तान, ऊजेवेकिस्तान र नेपाल सम्मिलित हकी टिमबीच हकी सिरीज ओपन खेल हँुदै छ ।
यसैगरी साहि उदघाटन कार्र्यक्रममा बोल्दै नेपालका लागि पाकिस्तानका राजदूत डा. मजहर जाभेदले नेपाली युवा क्रिकेट खेलाडीलाई प्रोत्साहित गर्ने उदेश्यले यस खालको दूतावासले यस खालको प्रतियोगिताको आयोजना गरेको बताउनु भयो ।
जम्मा १६ टीम सम्मिलित युवा क्रिकेट टीमबीच हुने प्रतियोगिताको पहिलो खेल आज पाकिस्तान दूतावास टोली र सिन्धुपाल्चोकको पाँचपाखरी टीमबीच खेल हुँदै छ ।
प्रतियोगिताको फाइनल खेल आगामी पौष ६ गते हुन् दूतावासले जनाएको छ ।