टानका अध्यक्ष नवराज दाहालले नेपाल र श्रीलंका बीचको लामो समयसम्म रहँदैन आएको द्विपक्षीय सम्बन्धलाई झल्काउँदै संस्कृति, धर्म र प्राकृतिक विविधताको सन्दर्भमा थुप्रै सामानता रहेको व्यक्त गर्नुभयो । उहाँले दुई देशबीच पर्यटन सम्बन्धलाई बढावा दिन नीति र कार्य योजना को पहिचान गर्न यस छलफल कार्यक्रममा जोड दिनुभयो । आगामि दिनहरुमा नेपाली ट्रेकिङ अपरेटरहरुले श्रीलंकाको पर्यटकीय गन्तव्यहरुको बारेमा जानकारी प्राप्त गरी उपयुक्त प्याकेज बनाउन मद्यत पुग्ने बताउनु भयो ।
कार्यक्रममा नेपालका लागी श्रीलंका राजदुत शोर्ना परेराले श्रीलंकाको बारेमा एक उत्कृष्ट प्रस्तुती दिनुभयो । श्रीलंकाको आकर्षणहरु जस्तै मनमोहक पहाड, घना जंगलहरू, टैंक जस्तो महासागर र झरनाहरूको वर्णन गर्नुभयो । उहाँले श्रीलंकाको इतिहास, विरासत स्थलहरू, आकर्षित र फरक– फरक संस्कृति तथा वन्यजीव, मंदिर, परम्परागत नृत्य, हस्तशिल्प, ऐतिहासिक कथाहरुको विशेषता देखाउनुभयो । नेपाल र श्रीलंकाबीच धार्मिक र सांस्कृतिक समानताको सम्बन्धमा उनले बताए, “श्रीलंकाका ७४ % नागरिहरुले लुम्बिनी, गौतम बुद्धको जन्मस्थान भ्रमण गर्न आउँछन् साथै नेपाली नागरिकहरुले बौद्ध धर्म सिक्नका लागि श्रीलंका भ्रमण गर्छन् ।” उनले श्रीलंका – नेपाल टूर साथै ट्रेकिङका लागि नयाँ प्याकेजहरू प्रस्तुत गर्न सुझाव दिनुभयो ।
टानका महासचिव आङ पेम्बा शेर्पाले यस छलफल कार्यक्रमले निकट भविष्यमा श्रीलंकाको समुद्रसँग नेपालको हिमाल मिलेर उपयुक्त प्याकेजहरु विकास गर्नसक्ने बताउनुभयो ।
टानका पूर्व अध्यक्षहरु श्री जे.बी सिंह, श्रीमती यांङ्किला शेर्पा, निवर्तमान अध्यक्ष श्री चन्द्र प्रसाद रिजाल,पूर्व महासचिवहरू श्री मोहन लामसाल, श्री कर्ण बहादुर लामा, श्री बिक्रम न्यौपाने साथै टान केन्द्रीय कार्यसमिति र पर्यटन पत्रकारहरू यस कार्यक्रममा उपस्थित हुनु भएको भियो ।