तामाङ सोसाइटी अफ अमेरिकको अध्यक्षमा भिजिनरी व्यक्तित्व बुद्धि मान तामाङ निर्वाचितकराते महासंघको नेतृत्वमा लामादोस्रो श्री नाथेश्वर आइ एफ के राष्ट्रिय फुल कन्ट्याक्ट कराँते प्रतियोगिता २०७९ सम्पन्नउत्पीडितहरूले आफ्नो असली प्रतिनिधि चिन्नुपर्छ : प्रधानमन्त्रीगोरखा सेवा समाज कतारको १२औँ साधारणसभा सम्पन्नप्रधानमन्त्री दाहालद्वारा कराते महाधिवेसनको उद्घाटनआज चैत १२ गते आइतबारको दिन तपाईंको कस्तो छ ? हेर्नुस् राशिफलबालपोषणको अवस्था, चुनौती र सरोकारवालाको भुमिका तथा बालपोषणको अवस्था पुस्तिका सार्वजनिकटोखा नगरपालिकास्तरिय कस्यप गोत्रीय अधिकारी समाज गठनविभिन्न पार्टी परित्याग गरी नेता कार्यकर्ता विप्लव नेतृत्वको नेकपा प्रवेश

लैंगिक हिंसाका मुद्धालाई प्राथमिकता दिने पत्रकारहरुको प्रतिवद्धता ।।

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ मंसिर २७, बिहीबार १९:४४

काठमाण्डु उपत्यकामा कार्यरत विभिन्न सञ्चार माध्यममा कार्यरत पत्रकारले आफुले लैंगिक हिंसा विरुद्धका मुद्धालाई प्राथमिकता दिने प्रतिवद्धता जनाएका छन् । युएन वुमन र सामुदायिक रेडियो प्रशारक संघले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा पत्रकारहरुले यस्तो प्रतिवद्धता जनाएका हुन् । आफुलगायत कैयौं सञ्चारमाध्यममा कार्यरत महिला पत्रकारले समेत लैंगिक हिंसाका खेप्नुपरेको अनुभव सहभागि महिला पत्रकारहरुले सुनाएका छन् ।

यस्तै युएन वुमनका बिकासका लागि सञ्चार अधिकृत आश्मा श्रेष्ठले राज्यको चौथो अंग नै पत्रकार भएकाले पत्रकारले आफ्नो पत्रकारिता मार्फत लैंगिक हिंसाका मुद्धालाई प्राथमिकता दिन जोड दिनुभयो । सामुदायिक सुचना नेटवर्क सीआइएनका प्रमुख दीपक आचार्यले अझै ८७ प्रतिसत नागरिकले महिला हिंसा बिरुद्ध भएका कानुनको बारेमा अझै जानकारी नपाएको सर्वेक्षणले देखाएको बताउदै सञ्चार माध्यमले यो बिषयमा प्राथमिकता दिनु पर्ने बताउनु भयो । सहभागि पत्रकारहरुबीचको छलफलबाट आगामि दिन लैगिंक हिंसा बिरुद्ध नियमित कार्यक्रम गर्ने निष्कर्ष निकालिएको आचार्यले जानकारी दिनु भयो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु