दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

विश्व नेत्रहिन क्रिकेट परिषदमा नयाँ कार्यसमिति चयन

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ मंसिर २७ गते, बिहीबार १९:४७

-शर्मिला विश्वकर्मा

२७ मंसिर २०७५ काठमाण्डौं
विश्व नेत्रहिन क्रिकेट परिषदको २१ औ साधारण सभा तथा अधिवेशन यही मसिंर २४ गते काठमाण्डौमा सम्पन्न भएको छ । नेत्रहिन क्रिकेट संघ नेपालले अन्य संघ संस्थाहरुसँग सहकार्य गरेर सम्पन्न गरेको सो परिषदको २१ औ साधारण सभा तथा अधिवेशनको उद्घाटन राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष पिताम्बर तिमल्सिनाले गर्नु भएको थियो यसै क्रममा उहाँले नेत्रहिन क्रिकेट संघ नेपालले क्रिकेट खेलको माध्यमबाट समाजमा जनचेतना जगाउनुका साथै दृष्टिविहन भएका व्यक्तिहरुको क्षमता पहिचान र प्रष्फुटनमा ठुलो योगदान दिएको बताउनु भयो । त्यसै गरी नेत्रहिन क्रिकेट संघ नेपालका अध्यक्ष पवन घिमिरेले बिगत १२ वर्ष देखि नेत्रहीन क्रिकेटका साथै अपांगता खेलकुदको क्षेत्रमा काम गर्दै आइरहेको बताउनु भयो ।

विश्व नेत्रहिन क्रिकेट परिषदको २१ औ साधारण सभा तथा अधिवेशनले भारतका माहन्तेश जी।के। को अध्यक्षतामा नयाँ कार्य समिति चयन भएको छ । प्रथम उपाध्यक्षमा पाकिस्तानका सयद सल्मान बुखारी, दृतिय उपाध्यक्षमा श्रीलंकका चामिण्डा पुष्प कुमारा, महासचिवमा अष्ट्रेलियाका रेमण्ड मोक्स्ली, कोषाध्यक्षमा नेपालका पवन घिमिरे , न्यिदब िमभखभयिऊभलत मष्चभअतयच मा साउथ अफ्रीकाका अर्मान्ड बम र म्ष्चभअतयच तभअजलष्अब ि पाकिस्तानका महर युसफ हरुन चयन हुनु भएको छ । साथै यस साधारण सभा तथा नयाँ कार्यसमितिले नेत्रहीन महिला क्रिकेट समुहलाई समेत आधिकारिकता प्रदान गर्दै नेपालबाट पहिलो पटक सुरु भएको नेत्रहीन महिला क्रिकेटको समान स्वरूप नेत्रहीन महिला क्रिकेट खेलको विकासमा भएको खेलको महत्वपूर्ण भूमिकालाई कदर गर्दै धन्यबाद ज्ञापान गरिएको थियो । यस अधिवेशनमा नेत्रहिन क्रिकेट संघ नेपालका अध्यक्ष पवन घिमिरेले भारतका जोन डेबिडलाइ पछि पार्दै कोशाध्यक्ष पदमा निर्वाचित हुनुभएको हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु