रास्वपाले १० वैशाखमा उपचुनाव हुने ३ वटा निर्वाचन क्षेत्रमा उम्मेदवार घोषणारसुवागढी नाका आजदेखि पूर्णरुपमा दुईतर्फी सञ्चालनमाकांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्नेखेलकुद सामान्य क्षेत्र होइन– प्रधानमन्त्री दाहालचैत, १८ गते शनिबार : यस्तो छ तपाईंको आजको राशिफलतारकेश्वरमा शाखा राख्न शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको प्रस्ताव, साङलामा डायलसीसका लागि प्राविधि सहयोग गर्नेसरकारले पूर्णता पायो, अब देशमा विकासले गति लिन्छ : प्रधानमन्त्री दाहालहेरेको तिमीलाई'मा सिम्पल र कुन्साङको रोमान्स ( भिडियोआजबाट एसइई परिक्षा सुरु, ५ लाख १६ हजार परीक्षार्थी सहभागी हुँदैआज नयाँ मन्त्री नियुक्त गर्ने तयारी

सरकारबारे स्थायी समिति बैठकमा निर्मम समिक्षा हुन्छ : रायमाझी

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ मंसिर २७, बिहीबार १९:५१

‘सरकारले पहिलेको तुलनामा गियर बढायो, पिक–अप लिएकै हो’

काठमाडौं, २७ मंसिर । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य टोपबहादुर रायमाझीले अब बस्ने स्थायी समिति बैठकमा सरकारको बारेमा निर्मम समिक्षा हुने स्पष्ट पारेका छन् ।
बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता रायमाझीले पार्टीको अब बस्ने स्थायी समिति बैठकमा पार्टी निर्माण, संगठन विस्तार र सरकार सञ्चालनको विषयमा छलफल तथा समिक्षा हुने जनाएका हुन् ।
क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले भने,‘हामी पार्टी एकतालाई पूर्णता दिने पक्षमा छौं । सरकार गठन भएको पनि ९ महिना पूरा भैसकेको छ । यो बीचमा सरकारले हाँसिल गरेको उपलब्धिहरु र कमिकमजोरीहरुबारे छलफल र समिक्षा दुवै हुन्छ ।’

पछिल्लो समय सरकारले आफ्नो कामकारबाहीको गतिलाई बढाएको रायमाझीको विश्वास छ । उनले भने,‘तीन महिना अघि र अहिलेको सरकारको गति हेर्दा अहिले गियर बढाएको छ । सरकारले अहिले पिक–अप लिएको छ । म अहिले सरकारको काम गराईबाट खुशी छु ।’
पहिलेको तुलनामा सरकारले धेरै राम्रो काम गरेको उनले जिकिर गरे । पूर्व उपप्रधानमन्त्रीसमेत रहेका नेता रायमाझीले थपे,‘बाटा घाटाहरु बनेका छन् । काठमाडौं उपत्यकामा धुलो धुँवा कम भएको छ । खाल्डाखुल्डीहरु पुरिएको छन् । कलंकी–नागढुंगा सडक धेरै राम्रो बनेको छ । रिङ रोडहरु धमाधम बनिरहेका छन् ।’

फरक प्रसँगमा उनले नेपालका कम्युनिष्टहरुको आधार भनेको नै संघीयता भएकोले आफूहरु संघीयताको विरोधी नभएको स्पष्ट पारे । ‘कम्युनिष्टहरुले राज्यको निरंकुशता फाल्नको लागि निर्णायक भूमिका खेलेका छन्’–उनले भने,‘गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशी–समानुपातिक, लोकतन्त्र र प्रजातन्त्रको लागि कम्युनिष्टहरुको महत्वपूर्ण भूमिका थियो । हामीले नेतृत्वदायी भूमिका निर्वाह गरेका छौं । त्यही भएर जनताले हामीलाई स्विकार गर्नुभयो । बहुमत दिनुभयो ।’

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु