गायन रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’को टिम कतार पुगेको छ । शुक्रवार हुने फिनालेमा सहभागी हुन टीम बुधवार कतार पुगेको हो। चार प्रतिस्पर्धी र निर्णायक टोलीलाई बुधवार दोहा अन्तराष्ट्रिय विमानस्थलमा आयोजकले भव्य स्वागत गरेका थिए। फाइनलमा चार निर्णायकका एक÷एक प्रतिस्पर्धी प्रवेश गरेका छन्। आइतवारको सेमिफाइनल सोलगतै अब प्रतिस्पर्धीहरु कतारमा हुने ग्रान्ड फिनालेका लागि कतार पुगिसकेका छन्।
फिनालेमा सिडि बिजय अधिकारी, कुशल आचार्य, सप्तक दुतराज र श्रृजे थपलियाले एकअर्कासँग प्रतिस्पर्धा गर्ने भएका छन् । शीर्ष चार जनाबाट नै पहिलो द भ्वाइस अफ नेपाल चुनिनेछ। निर्णायकहरुले आफ्नो टिमका प्रतियोगिका लागि भोट अपिल पनि गरेका छन्। फिनालेमा शीर्ष चार जनासँगै सेमी फाइनलबाट बाहिरिएका ४ जनाले पनि प्रस्तुति दिनेछन्।
ग्रान्ड फिनाले मंसिर २८ गते कतारको दोहास्थित एमपी थियटरमा हुने आयोजकले जनाएको छ। फिनालेमा हाँस्य कलाकार सीताराम कट्टेल धुर्मुसु र कुन्जना घिमिरे सुन्तलीुले पनि प्रस्तुति दिनेछन्। फिनालेमा पुगेकालाई हरेक दिन एउटै आइडीबाट पचास वटासम्म भोट गर्न सकिने व्यवस्था गरिएको निर्माण टिमले जनाएको छ। आयोजकले कार्यक्रममको सम्पूर्ण तयारी भइसकेको जनाएको छ।