रास्वपाले १० वैशाखमा उपचुनाव हुने ३ वटा निर्वाचन क्षेत्रमा उम्मेदवार घोषणारसुवागढी नाका आजदेखि पूर्णरुपमा दुईतर्फी सञ्चालनमाकांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्नेखेलकुद सामान्य क्षेत्र होइन– प्रधानमन्त्री दाहालचैत, १८ गते शनिबार : यस्तो छ तपाईंको आजको राशिफलतारकेश्वरमा शाखा राख्न शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको प्रस्ताव, साङलामा डायलसीसका लागि प्राविधि सहयोग गर्नेसरकारले पूर्णता पायो, अब देशमा विकासले गति लिन्छ : प्रधानमन्त्री दाहालहेरेको तिमीलाई'मा सिम्पल र कुन्साङको रोमान्स ( भिडियोआजबाट एसइई परिक्षा सुरु, ५ लाख १६ हजार परीक्षार्थी सहभागी हुँदैआज नयाँ मन्त्री नियुक्त गर्ने तयारी

यस बर्ष महानगर दिवस भव्य रुपमा तीन दिन मनाइने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ मंसिर २८, शुक्रबार ०८:१२

काठमाडौं। सिमित कर्मचारी वीच मात्र मनाइदैआएको महानगर दिवस यो बर्ष जनस्तरवाट भव्य रुपमा मनाइने भएको छ। काठमाडौं महानगरपालिका स्थापनाको २४ औं महानगर दिवस यो बर्षवाट भव्य रुपमा जनस्तरवाट मनाइने निर्णय भएको हो।

यही मंसिर २९ गते शनिवार काठमाडौं महानगरपालिका स्थापनाको २४ औं बार्षिक उत्सवलाई भव्य तथा सभ्य रुपमा जनस्तरवाट तीन दिन मनाइने मेयर विद्यासुन्दर शाक्यले बताएका छन्। काठमाडौं महानगरपालिकाको सभाकक्षमा आयोजित पत्रकार सम्मेलनमा मेयर शाक्यले काठमाडौं महानगरपालिकाको गौरबमय शान तथा इतिहासलाई जीवन्त राख्न पहिलो पल्ट जनस्तरवाटै भव्य रुपमा महानगर दिवस मनाउन लागेको जानकारी दिएका छन्।

त्यस अवसरमा काठमाडौंको पहिलो मेयरको इतिहास कायम गरेका जनकमान श्रेष्ठलाई सम्मान गर्ने पनि मेयर शाक्यले भनेका छन्। महानगर दिवसकै अवसरमा अमूत्त सम्पदाको रुपमा रहेको काठमाडौं महानगरका विभिन्न जातिका परम्परागत बाजागाजाका गुरुहरुलाई अभूर्तपूर्व रुपमा जनही नगद २५ हजार सहित करिब १ सय २० जनालाई सम्मान गर्ने भएको छ।

त्यसैगरेर, सुशासन पत्रकारिता गर्दैआएका १० जना पत्रकारहरुलाई जनही नगद ५० हजारको पुरस्कार र महानगरभित्रका सामुदायिक तथा संस्थागत सर्वोत्कृष्ट तीन विद्यालयलाई पनि पुरस्कृत गरिने जानकारी पनि मेयर शाक्यले दिएका छन्। करदाता मध्येको सर्वोत्कृष्ट करदातालाई पनि पुरस्कृत गरिने कार्यक्रम समेत रहेको महानगर दिवस काठमाडौंको बसन्तपुरको खुल्ला डबलीमा विहान ८ बजेवाट शुभारम्भ हुने भएको छ।

बसन्तपुरमा मूल कार्यक्रम आयोजना भएपछि नागरिकलाई कार्यक्रममा सहभागी गराउन ३ दिने काठमाडौं ९खुला संग्रहालय० महोत्सव हुनेछ । जसमा महानगरका भित्री शहरी क्षेत्र वडा नं। १८, १९, २०, २१, २२, २३, २४, २५ र २७ लाई समावेश गरेर ती वडाहरुमा सांस्कृतिक स्टल राखेर महानगरको शान र गौरबतालाई प्रस्तुत गरिने पनि जनाएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु