१ नं ट्रेन्डिङमा अनमोल

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ मंसिर २८ गते, शुक्रबार ०८:२८

काठमाडौं। अनमोल केसी अभिनित फिल्म क्याप्टेनको “रहर छ सँगै” बोलको गी विहीवार युट्युबमा सार्वजनिक गरिएको हो । सोही दिन र समयमा टंक बुढाथोकी र अशोक दर्जीको गीत “चौरीको छुर्पि” सहित प्रदिप खड्का अभिनित फिल्म लिलिबिल्ली पनि युट्युबमा रिलिज गरिएको हो । अनमोलको गीतलाई सामाजिक सञ्जालमा घेरिने प्रयास भईरहँदा पनि “रहर छ सँगै” गीत युट्युब ट्रेन्डिङको पहिलो नम्वरमा परेको छ । गीत सार्वजनिक भएको ८ घण्टा देखीनै नेपालमा पहिलो नम्वरमा रहेको छ । यस्तै विभिन्न देशरुमा पनि ट्रेन्डिङ रहने क्रम जारी रहेको छ । रोमान्टिक लभस्टोरी नम्वरमा अहिलेका हिट संगीतकार अर्जुन पोखरेलले संगीत भरेको रहर छ संँगै बोलको गीतमा गायक सुगम पोखरेल र गायिका अञ्जु पन्तको स्वर रहेको छ ।

गीतमा दिग्गज धौरालीको शब्द रहेको छ । अनमोल केसी र नव कलाकार उपसना सिंह ठकुरीको अभिनय रहेको गीतमा रोमान्टिक लभ देखाईएको छ । नेपालका मनोरम हिम हृङ्खला सहितको दृश्यहरुलाई फरक तरिकाले गीतमा कैद गरिएको छ । फुटबल खेल र खोलाडीको विषयमाथी बनेको फिल्म क्याप्टेन प्रतिक्षित फिल्म हो । अनमोल केसी होम प्रोडक्शनमा निर्माण भएको फिल्मका निर्मातामा भुवन केसी रहेका छन् भने निर्देशक दिवाकर भटट्राई हुन् । फिल्ममा नव कलाकार प्रियंका एमभि, सुनिल थापा, प्रशान्त ताम्राकार, विल्सन बिक्रम राई र सरोज खानाल लगायतको मूख्य भुमिका रहेको छ । आगामी फाल्गुन १७ गते रिलिज हुने भनिएको क्याप्टेनको रहर छ सँगै बोलको गीतमा कविराज गहतराजको कोरियोग्राफि रहेको छ ।

फिल्मी फण्डाबाट

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु