चैत १९,आइतबार :तपाईंको आजको दिन कस्तो छ ? हेर्नुस् राशिफलरास्वपाले १० वैशाखमा उपचुनाव हुने ३ वटा निर्वाचन क्षेत्रमा उम्मेदवार घोषणारसुवागढी नाका आजदेखि पूर्णरुपमा दुईतर्फी सञ्चालनमाकांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्नेखेलकुद सामान्य क्षेत्र होइन– प्रधानमन्त्री दाहालचैत, १८ गते शनिबार : यस्तो छ तपाईंको आजको राशिफलतारकेश्वरमा शाखा राख्न शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको प्रस्ताव, साङलामा डायलसीसका लागि प्राविधि सहयोग गर्नेसरकारले पूर्णता पायो, अब देशमा विकासले गति लिन्छ : प्रधानमन्त्री दाहालहेरेको तिमीलाई'मा सिम्पल र कुन्साङको रोमान्स ( भिडियोआजबाट एसइई परिक्षा सुरु, ५ लाख १६ हजार परीक्षार्थी सहभागी हुँदै

कालो ओठलाई सुन्दर बनाउने चार घरेलु उपाय

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ मंसिर २८, शुक्रबार १८:३४

काठमाडौं। अक्सर चुरोट पिउने महिला तथा पुरुषको ओठ कालो हुन्छ भनिन्छ। जे भएतापनि धेरैजना ओठ कालो हुनुको समाधान खोजिराखेका हुन्छन्। गुलाबी तथा सुन्दर बनाउने चाहना सवैमा हुन्छ। त्यस्तै, जाडोमा ओठ फुट्ने समस्या पनि उत्तिकै हुन्छ। यस्ता समस्याबाट छुटकारा पाउन यी घरेलु उपाय गर्न सकिन्छ–

१.खाने सोडा
खाने सोडामा केही तेल मिलाउनुहोस् । अनि, ओठमा लगाएर १०–१५ मिनेटजति मल्नुहोस्।

२.चिनी
एक चम्चा चिनीमा आधा चम्चा मह मिसाएर ओठको मसाज गर्नुहोस्। दुई मिनेटपछि यसलाई मनतातो पानीले धुनुहोस् ।

३.मह
दुई चम्चा चिनीमा आधा चम्चा मह, वनिला एसेन्स र आधा चम्चा जैतुनको तेल मिलाउनुहोस् । केही बेरपछि ओठमा मसाज गर्नुहोस् । तपाईंको ओठ नरम हुनेछ।

४.जैतुनको तेल
एक चम्चा चिनीमा केही थोपा जैतुनको तेल मिसाएर लगाउनुहोस् । यसले ओठ फुटेको निको हुन्छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु