प्रहरी महानिरीक्षकमा बसन्त कुँवर नियुक्तनेपाल फाईभ पी अन्तर्राष्ट्रिय प्रदर्शनी सुरुराष्ट्रिय जनगणना २०७८ को प्रतिवेदन सार्वजनिकस्पाइनल इन्जरी भएका व्यक्तिहरूको अधिकार तथा क्षमता अभिवृद्धि” सम्बन्धी ३ दिने सो गोष्ठीयस्तो छ तपाईंको आजको राशिफलग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले पायो ‘एनएबीएच’ मान्यताबुढीगण्डकी ‘क’ र ‘ख’ जलविद्युत आयोजना निर्माण हुने काठमाडौंमा गरियो सार्वजनिक सुनुवाईठेक्का सम्झौताको २७ वर्षसम्म पाएनन् व्यवसायीले भुत्तानी, सर्वोच्चको फैसलासमेत कार्यन्वयन नभएको भुजेलको गुनासोदुबईमा बेचिएकी नेपाली चेलीको उद्दारस्थायी प्रवृत्तिको पत्रकारिता विकास कोष स्थापना गर्ने प्रधानमन्त्रीको घोषणा

चिसो छल्न जाजरकोट

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ मंसिर २९, शनिबार ०७:५९

जाजरकोट: माथिल्लो डोल्पामा चिसो र हिमपात हुन थालेपछि त्यहाँका स्थानीयवासी जाजरकोट झरेका छन् । चिसो छल्न डोल्पाका तीन स्थानीय तहका स्थानीयवासी घर छाडेर जाजरकोटका विभिन्न बस्तीमा आएका हुन् । माथिल्लो डोल्पाका स्थानीय तह फोक्सुण्डो, डोल्पोबुद्ध, छार्का ताङसुङ गाउँपालिकाका स्थानीयवासी लत्ताकपडा, खच्चड, भेडा लिएर बेँशी झरेका छन् । चिसो बढेसँगै डोल्पाका आवासीय र सामुदायिक विद्यालय बन्द गरिएका छन् । अहिले जाजरकोट झरेका डोल्पाका स्थानीयवासी यार्सागुम्बाको मौसम शुरु भएसँगै वैशाखमा माथिल्लो डोल्पा जाने गरेको फोक्सुण्डो गाउँपालिका– ६ की भगवतीखत्री गुरुङले बताउनुभयो । गाउँ नै सुनसान हुनेगरी जाजरकोटको नलगाड नगरपालिकामा बसाइँ सर्ने गरेको उहाँको भनाइ छ ।

डोल्पाबाट आउँदा सँगै ल्याएका जडीबुटी, सिमी, लगायतका वस्तु जाजरकोट, रुकुम र सल्यानसम्म गएर बिक्री गरी आएको पैसाले घर फर्कदा खाद्यान्न, लत्ताकपडा किनेर लाने गरेको डोल्पोबुद्ध गाउँपालिका – ३ का इताङ गुरुङले जानकारी दिनुभयो । जाजरकोटको नलगाड नगरपालिकाभित्र डोल्पाका कतिपय स्थानीयवासीबीच सो क्षेत्रमा बिहेवारी भएकाले पनि बस्न सजिलो भएको उहाँको भनाइ थियो । जुम्लाका स्थानीयवासी पनि पश्चिम जाजरकोटको कुशेगाउँपालिकाका विभिन्न ठाउँमा आएर तातोयाम शुरु भएसँगै जुम्ला जाने गरेका छन्

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु