स्पाइनल इन्जरी भएका व्यक्तिहरूको अधिकार तथा क्षमता अभिवृद्धि” सम्बन्धी ३ दिने सो गोष्ठीयस्तो छ तपाईंको आजको राशिफलग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले पायो ‘एनएबीएच’ मान्यताबुढीगण्डकी ‘क’ र ‘ख’ जलविद्युत आयोजना निर्माण हुने काठमाडौंमा गरियो सार्वजनिक सुनुवाईठेक्का सम्झौताको २७ वर्षसम्म पाएनन् व्यवसायीले भुत्तानी, सर्वोच्चको फैसलासमेत कार्यन्वयन नभएको भुजेलको गुनासोदुबईमा बेचिएकी नेपाली चेलीको उद्दारस्थायी प्रवृत्तिको पत्रकारिता विकास कोष स्थापना गर्ने प्रधानमन्त्रीको घोषणाFlag Hoisting Ceremony on National Day of PakistanNation celebrates Pakistan Day with renewed pledge to work for progress of true Islamic welfare stateसत्ता गठबन्धनको बैठकमा सरकार विस्तारबारे छलफल

महानगर दिवसको अवसरमा मेयरको शुभकामना सन्देश–समृद्ध अनि सुन्दर महानगर बनाउने प्रतिवद्धता

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ मंसिर २९, शनिबार ०८:३७

काठमाडौं। महानगरपालिकाको इतिहासमा काठमाडौं महानगरपालिकाले इतिहास कायम गरेको छ। नेपालकै जेठो महानगरपालिका हुनुको गौरबता काठमाडौं महानगरपालिकाले राखेको छ। आज मिति २०७५ मंसिर २९ गते २३ बर्ष पार गरेर काठमाडौं महानगरपालिकाले गौरबमय २४ औं बर्षमा प्रवेश गरेको छ

 

यो सुखद घडीमा काठमाडौंको गौरबमय इतिहास तथा शान बोकेको काठमाडौं महानगरपालिकाको तर्फवाट काठमाडौंं महानगरवासीहरुको सुख, समृद्धि तथा दीर्घायुको कामना सहित हार्दिक शुभकामना काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले व्यक्त गरेका छन्।

१ सय बर्षअघि सफाई अड्डाको इतिहासवाट विकसित भएको काठमाडौं महानगरपालिकाको गौरबता वितेको २३ बर्षअघि मिति २०५२ साल मंसिर २९ गतेकै दिन कायम भएको हो। यसैदिनं नगरपालिकावाट महानगरपालिका बनेको र नगरवासीलाई महानगरवासी बनाएको यो गौरबताको दिनलाई हरेक बर्ष काठमाडौं महानगरपालिकाको महानगर दिवसको रुपमा मनाउने कार्य हुंदैआएको छ।

यस अवसरमा काठमाडौंलाई इतिहासकै समृद्ध र सुन्दर महानगर बनाउनका लागि प्रतिबद्धता मेयर शाक्यले जनाएका छन्। निर्वाचनको बेला महानगरवासीहरु समक्ष गरेका सवै बाचा तथा कसमहरुलाई क्रमिक रुपमा पूरा गरेर जाने बचनबद्धता अनुरुप आफूहरु अहोरात्र खटिरहेका पनि मेयर शाक्यले भनेका छन्।

मेयर शाक्यले यो बर्ष विशेषत भौतिक पूर्वाधार बर्षको रुपमा काठमाडौं महानगरलाई पूर्नरनिर्माणको कार्यमा अत्यन्त तिब्रताकासाथ लागिपरिरहेकाो बताएका छन्। काठमाडौ महानगरको गौरब र शानको रुपमा रहेको काष्ठमण्डपको पूर्नरनिर्माण कार्य तिब्र भैरहेको छ। त्यसैगरेर, रानीपोखरी, दरवार हाईस्कुल, धरहरा लगायतका सम्पदाहरुको पूर्नरनिर्माण कार्यमा रफ्तार भैरहेको छ पनि मेयर शाक्यले उल्लेख गर्दै यसमा महानगरवासीले दिएको साथ र सहयोगको यतिखेर मुक्तकण्ठले प्रशंशा समेत गरेका छन्।

काठमाडौं महानगरलाई स्मार्ट सिटीको अवधारणा अनुरुप मोनोरेल, स्मार्ट पार्किङ लगायतका कार्यहरुको पूर्वाधार तथा योजना तयार भैसकेको छ। काठमाडौंका विभिन्न सम्पदा क्षेत्रहरुमा निःशुल्क वाइफाइ सेवा लगायत क्लिन द ग्रीन सिटी प्रोग्राम अन्तर्गत ब्रुमर लगाएरै भएपनि काठमाडौं महानगरलाई सफा गरेर सुन्दर बनाउने कार्यमा महानगर कटिबद्ध भएर लागिपरेको छ। काठमाडौं महानगरका प्रत्येक विद्यालयवाट क्लिन द ग्रीन सिटी अवधारणा अनुरुप विभिन्न जातिका रुख तथा फलफूलका विरुवा रोप्न लगाएर नयाँ योजना शुरु भैसकेको छ।

अर्कोतर्फ महानगरवासीको चासो र विषय भएको पब्लिक ट्वाइलेटको विस्तार गरेर ती पब्लिक ट्वाइलेटहरुलाई स्मार्ट ट्वाइलेटको रुपमा प्रत्येक १ किलोमिटरमा स्थापना गर्न महानगरको सहरी योजना आयोग मार्फत योजना बनाउने कार्य भैसकेको छ। साथमा सहरी स्वास्थ्य, शिक्षा, खानेपानी, सहकारी, ट्राफिक व्यवस्थापन, उद्यमशीलता लगायतका कार्यहरुको विकासमा महानगरवासीको उच्च चाहना र अपेक्षा अनुरुप काठमाडौं महानगरपालिका कटिबद्ध भएर लागिपरेको पनि मेयर शाक्यको भनाई रहेको छ।

शुभकामना सन्देशकै क्रममा मेयर शाक्यले काठमाडौंको मौलिकतालाई जस्ताको तस्तै कायम गरेर महानगरवासीहरुलाई चर्को कर नीतिवाट मुक्त गर्ने कार्य पनि भएको भन्दै स्वच्छ, स्वस्थ अनि समृद्ध तथा सांस्कृतिक महानगर काठमाडौ महानगर बनाउने महाअभियानमा संपूर्ण महानगरवासी, राजनैतिक दल, निजी क्षेत्र तथा महानगरका कर्मचारी वर्गलाई हार्दिक आव्हान गर्दै निरन्तर सहयोगको अपेक्षा पनि गरेका छन्।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु