ललितपुर महानगरपालिकाका वडा सदस्यहरुलाई अपाङ्गता सम्बन्धी जानकारी गराइयोनेपाल माल्टा च्यारिटी अर्गनाईजेसन र कोस्टा क्लिन फाउन्डेसनद्वारा प्याराडाइज बेमा सरसफाइआज मिति २०७९ साल चैत्र १३ सोमवारको हेर्नुस् राशिफलतामाङ सोसाइटी अफ अमेरिकको अध्यक्षमा भिजिनरी व्यक्तित्व बुद्धि मान तामाङ निर्वाचितकराते महासंघको नेतृत्वमा लामादोस्रो श्री नाथेश्वर आइ एफ के राष्ट्रिय फुल कन्ट्याक्ट कराँते प्रतियोगिता २०७९ सम्पन्नउत्पीडितहरूले आफ्नो असली प्रतिनिधि चिन्नुपर्छ : प्रधानमन्त्रीगोरखा सेवा समाज कतारको १२औँ साधारणसभा सम्पन्नप्रधानमन्त्री दाहालद्वारा कराते महाधिवेसनको उद्घाटनआज चैत १२ गते आइतबारको दिन तपाईंको कस्तो छ ? हेर्नुस् राशिफल

मिस नेपालको चाहना नेपालको पहिलो महिला प्रधानमन्त्री बन्ने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ मंसिर २९, शनिबार ०९:०१

प्रधानमन्त्री त्यो पनि पहिलो महिला प्रधानमन्त्री बन्ने आफूमा भित्रैदेखि चाहना रहेको खुलासा विश्व सुन्दरी प्रतियोगितामा भाग लिएर फर्केको लगतै काठमाडौंमा शुक्रवार आयोजित पत्रकार सम्मेलनमा मिस नेपाल खतिवडाले उक्त कुरा भनेकी हुन्।

मिस नेपाल खतिवडाले नेपाल हेरक क्षेत्रमा सक्षम हुँदाहुँदै पनि आर्थिक रुपमा सक्षम हुन नसक्दा आफू पछि परेको भन्दै त्यसका लागि मुलुकको आर्थिक अवस्था राम्रो बनाउन जरुरी रहेको आफुले अनुभव गरेको सुनाएकी छन्।

प्रतियोगिताका क्रममा नेपालीले भोट दिएर साथ दिएपनि आफू टप १२ बाटै बाहिरिनु परेको खतिवडाको भनाई रहेको छ। ‘टप फाइभमा पनि नपर्दा खल्लो लाग्नु स्वभाविक हो । धेरै नेपालीले आश गर्दै साथ पनि दिएका थिए । तर, निर्णायक मण्डलको निर्णयमा आफू टप–१२ बाटै आउट बन्नु परेको नमज्जा पनि उनले भनेकी छन्।

उनले प्रतियोगितामा भोटिङबाहेक प्रतियोगीहरुको एक महिनादेखिका क्रियाकलापका आधारमा जजमेन्ट हुने गरेकोले आफू त्यसमा कमजोर भएको हुनसक्ने बताइन् । विश्व सुन्दरीको ताज पहिरिन नपाएपनि समाजमा आफूलाई केही गर्ने चाहानाअनुसार समाजसेवाका केही काम गर्न थालिसकेको भन्दै उनले विश्व सुन्दरी प्रतियोगितामा सहभागी भएपछि आफूले धेरै कुरा सिक्ने मौका पाएको बताइन् ।

चीनको सान्या शहरमा भएको प्रतियोगितामा विश्वका १२१ सुन्दरीहरुले प्रतिस्पर्धा गरेका थिए । त्यसमध्ये उनी १२ औं नम्बरमा परेकी थिइन् । त्यसमध्ये उनले दुई अवार्ड समेत जितेकी थिइन । मल्टिमिडियाको साथै ब्युटी विथ पर्पोजको अवार्ड उनले हात पारेकी हु

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु