ललितपुर महानगरपालिकाका वडा सदस्यहरुलाई अपाङ्गता सम्बन्धी जानकारी गराइयोनेपाल माल्टा च्यारिटी अर्गनाईजेसन र कोस्टा क्लिन फाउन्डेसनद्वारा प्याराडाइज बेमा सरसफाइआज मिति २०७९ साल चैत्र १३ सोमवारको हेर्नुस् राशिफलतामाङ सोसाइटी अफ अमेरिकको अध्यक्षमा भिजिनरी व्यक्तित्व बुद्धि मान तामाङ निर्वाचितकराते महासंघको नेतृत्वमा लामादोस्रो श्री नाथेश्वर आइ एफ के राष्ट्रिय फुल कन्ट्याक्ट कराँते प्रतियोगिता २०७९ सम्पन्नउत्पीडितहरूले आफ्नो असली प्रतिनिधि चिन्नुपर्छ : प्रधानमन्त्रीगोरखा सेवा समाज कतारको १२औँ साधारणसभा सम्पन्नप्रधानमन्त्री दाहालद्वारा कराते महाधिवेसनको उद्घाटनआज चैत १२ गते आइतबारको दिन तपाईंको कस्तो छ ? हेर्नुस् राशिफल

नुवाकोटमा मिनिट्रक दुर्घटनामा मृत्यु हुनेको संख्या २०, १५ घाईते ,५ जनाको मात्र सनाखत

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ मंसिर २९, शनिबार १८:०९
काठमाण्डौं । मंसिर २९ । नुवाकोटमा शुक्रबार भएको आईचर दुर्घटनामा मृत्यु हुनेको संख्या २० पुगेको छ । दुर्घटनामा १७ पुरुष र ३ महिला गरी २० जनाको मृत्यु भएको छ । १८ जनाको हिजो र २ जनाको उपचारको क्रममा निधन भएको हो । मृत्यु भएका २० मध्य ५ जनाको मात्र सनाखत भएको प्रहरीले बताएको छ । सनाखत भएकाहरुमा शिखरबेँसीका १६ वर्षीय रितेश पण्डित, घ्याङफेदी सिसिपुका ३५ वर्षीय रिवल तामाङ, ४० वर्षीय आइत तामाङ, सिसीपुका शुक्रमान तामाङ र सेनाम लामा रहेका छन् ।
शुक्रबार साँझ दुर्घटना भएका कारण उद्धार कार्यमा समस्या भएको थियो । दुर्घटना लगतै जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट पुगेको प्रहरी टोलीले राती अबेर सम्म टर्चबालेर उद्धार गरेको थियो । दुर्घटना स्थल खोंचमा रहेको कारण मृत्यु हुने अन्यको शव पनि भेटीन सक्ने बताइएको छ ।
नुवाकोटको दुप्चेश्वर गाँउपालीकामा शिखरबेसीबाट घयाङफेदी तर्फ जाँदै गरेको बा३ख ३९१३ नम्बरको आईचर शुक्रबार साँझ दुर्घटना भएको हो । शिखरबेसीस्थित घ्यावामा गएर फर्किएका ३७ भन्दा बढी यात्री रहेको आईचर घ्याङडाँडाको भीरबाट करिब ४०० मिटर तल खसेको स्थानीय लालबहादुर तामाङले जानकारी दिएका छन् ।
फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु