• जिस्म २ को छायांकन पुरा

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १ पुष २०७५, आईतवार ०८:०८

    काठमाडौं। राजु गिरिको निर्माण रहेको फिल्म जिस्म २ को छायांकन सकिएको छ । सुचिन्द्र परियारको निर्देशन रहेको फिल्मको छायांकन लगभग ४८ दिनमा सकिएको हो । फिल्ममा सुरज कुँवरको छायांकन, अनिल राईको नृत्य र योगेश काजीको संगीत रहेको छ ।फिल्मबाट रमेश बिश्वकर्मा र रेजिना भण्डारीले डेब्यु गर्दैछन् भने फिल्ममा रमेश र रेजिनासँगै नमिता खड्का, सुरबीर पण्डित, शारदा गिरी, मदन सिटौला, सुधन धिताल, रिचर्ड रसाईली, प्रज्वल भित्रीकोटी, सुचीन्द्र परियार, लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु