तामाङ सोसाइटी अफ अमेरिकको अध्यक्षमा भिजिनरी व्यक्तित्व बुद्धि मान तामाङ निर्वाचितकराते महासंघको नेतृत्वमा लामादोस्रो श्री नाथेश्वर आइ एफ के राष्ट्रिय फुल कन्ट्याक्ट कराँते प्रतियोगिता २०७९ सम्पन्नउत्पीडितहरूले आफ्नो असली प्रतिनिधि चिन्नुपर्छ : प्रधानमन्त्रीगोरखा सेवा समाज कतारको १२औँ साधारणसभा सम्पन्नप्रधानमन्त्री दाहालद्वारा कराते महाधिवेसनको उद्घाटनआज चैत १२ गते आइतबारको दिन तपाईंको कस्तो छ ? हेर्नुस् राशिफलबालपोषणको अवस्था, चुनौती र सरोकारवालाको भुमिका तथा बालपोषणको अवस्था पुस्तिका सार्वजनिकटोखा नगरपालिकास्तरिय कस्यप गोत्रीय अधिकारी समाज गठनविभिन्न पार्टी परित्याग गरी नेता कार्यकर्ता विप्लव नेतृत्वको नेकपा प्रवेश

शक्ति गौचनवाट जीवनको अन्तिम म्याच खेलेर सन्यांस लिदा रुवाबासी

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ पुष १, आईतवार ०८:११

काठमाडौं। नेपाली क्रिकेट टोलीका कप्तान शक्ति गौचनले आफ्नो जीवनको अन्तिम म्याच खेलेका छन्। पोखरा राइनोज विरुद्ध एभरेष्ट प्रिमियर लिगमा खेलिएको खेल नै गौचनको क्रिकेट करियरको अन्तिम खेल बनेको छ। उनले शनिबारको खेलसँगै क्रिकेटका सम्पूर्ण फर्म्याटबाट सन्यास लिएका छन्।

त्रिवि क्रिकेट मैदानमा अन्तिम खेल खेल्दै विदा भएका गौचनले आफूलाई सम्हाल्न नसक्दा खेल मैदानमै आँसु झारेका थिए। उनी विदा हुँदै गरेको क्षणले उपस्थित सबैलाई भावुक बनाएको थियो। उनी सहभागी टोली पोखरा राइनोज र चितवन टाइगरका खेलाडीले उनलाई काधमा राख्दै मैदान वरपर घुमाएका थिए। सो क्रममा उनले नेपालको झण्डा काधमा बोक्दै आँसु झार्दै दर्शकलाई अभिवादन गरेका थिए।

१९ वर्षे खेलाडीको जिवनबाट टाढा भएपनि उनले आफु यो क्षेत्रसँग सधै साथ रहने बताएका छन्। शक्तिले अब आफ्नो लक्ष्य नेपाललाई टेष्ट राष्ट्रको मान्यता दिलाउनु रहेको बताए। उनले भने -हामिले अहिले एक दिवसीय राष्ट्रको मान्यता पाएका छौ, यो ठुलो उपलब्धि हो, अब मेरो सपना र लक्ष्य भनेको नेपाललाई आगामी १० वर्ष भित्रमा टेष्ट राष्ट्रको मान्यता दिलाउनु हो। त्यसको लागि म हरेक क्षेत्रबाट लागि पर्ने छु।

उनले सम्पूर्ण नेपाली क्रिकेट प्रेमिलार्इ धन्यवाद व्यक्त गरे। अन्तिम खेलमा शक्तिले ४ ओभरमा २५ रन दिए। उनले विकेट भने प्राप्त गर्न सकेनन्।

३४ वर्षीय गौचनले नेदरल्याण्डस् विरुद्ध जीवनको अन्तिम अन्तर्राष्ट्रिय खेल खेलेका थिए। सन् २००२ मा सिंगापुरमा भएको एसीसी ट्रफीमा सिनियर टोलीमा डेब्यू गरेका शक्ति ब्याटिङमा पनि पोख्त खेलाडीको रुपमा चिनिन्छन्। उनले इटालीविरुद्ध २००५ मा भएको विश्वकप छनोटमा १०६ रन बनाएका थिए।

शक्ति अन्तर्राष्ट्रिय क्रिकेटमा ह्याट्रिक लिने पहिलो नेपाली खेलाडी पनि हुन। त्यसअघि उनले सन् २००१ मा अन्डर –१७ बाट क्रिकेट करियर सुरु गरेका थिए। शक्तिले २००२ मा न्युजिल्याण्डमा भएको अन्डर नाइन्टिन विश्वकप खेलेका थिए।

शक्तिको जन्म सन् १९८४ अप्रिल २२ मा रुपन्देहीमा भएको थियो। रुपन्देहीमा जन्मिएपनि शक्तिले क्रिकेटको सुरुवात भारतको कोलकाताबाट गरेका थिए। शक्तिले कोलकातामा बुवासँग बस्दा क्रिकेट सिकेका हुन्।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु