दोस्रो श्री नाथेश्वर आइ एफ के राष्ट्रिय फुल कन्ट्याक्ट कराँते प्रतियोगिता २०७९ सम्पन्नउत्पीडितहरूले आफ्नो असली प्रतिनिधि चिन्नुपर्छ : प्रधानमन्त्रीगोरखा सेवा समाज कतारको १२औँ साधारणसभा सम्पन्नप्रधानमन्त्री दाहालद्वारा कराते महाधिवेसनको उद्घाटनआज चैत १२ गते आइतबारको दिन तपाईंको कस्तो छ ? हेर्नुस् राशिफलबालपोषणको अवस्था, चुनौती र सरोकारवालाको भुमिका तथा बालपोषणको अवस्था पुस्तिका सार्वजनिकटोखा नगरपालिकास्तरिय कस्यप गोत्रीय अधिकारी समाज गठनविभिन्न पार्टी परित्याग गरी नेता कार्यकर्ता विप्लव नेतृत्वको नेकपा प्रवेशएलडीबीए बास्केटबल भोलिदेखिसातौं भक्तपुर औद्योगिक, साँस्कृतिक तथा पर्यटन महोत्सव हुने

नेपाली कांग्रेसको महासमिति बैठक शुभारम्भ–अव पार्टी एक भएर अघि बढ्ने प्रतिबद्धता

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ पुष १, आईतवार ०८:१८

काठमाडौँ। नेपाली काङ्ग्रेसको महासमिति बैठक शनिवारवाट काठमाडौंमा शुरु भएको छ। बैठक उद्घाटन समारोहमा कांग्रेसका नेताहरुले अब पार्टी एक भएर अघि बढ्ने प्रतिबद्धता जनाएका छन्।

सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेललगायत नेताहरुले हात समाएर एकताको सन्देश प्रस्तुत गरेका थिए। दुई नेताबीच दूरी बढेको सार्वजनिक टिप्पणी भइरहेका बेला बैठक उद्घाटन समारोहमा उपसभापति विजयकुमार गच्छदारले हात समाएर एकताको सन्देश दिन आह्वान गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले आफू सबै नेतालाई मिलाएर अघि बढ्न तयार रहेको बताएका छन्। महासमिति बैठकबाट एकताको सन्देश लिएर जिल्ला फर्कन देउवाले महासमिति सदस्यहरुलाई आह्वान गरेका छन्।

वरिष्ठ नेता पौडेलले भाषण र भावनामा भन्दा पनि आत्मादेखि नीतिगतरुपमै पार्टी एकजुट हुनुपर्ने कुरामा जोड दिएका थिए। बोलाइमा एकता व्यवहारमा अनेकता नगर्न नेता पोड्ेलको भनाई थियो।

उपसभापतिद्वय गच्छदार र विमलेन्द्र निधिले विसं २०५५ मा नेताद्वय कृष्णप्रसाद भट्टराई एवं गिरिजाप्रसाद कोइरालाले एकताबद्ध भई जनतामाँझ जाँदा विसं २०५६ को निर्वाचनमा पार्टीको पक्षमा जनमत आएकोतर्फ नेतृत्वको ध्यानाकर्षण गराएका थिए । महामन्त्री डा शशांक कोइरालाले पनि दुवै नेतालाई पार्टी एकताबद्ध बनाउन सम्पूर्ण तागत लगाउन माग गरेका थिए ।

सहमहामन्त्री डा. प्रकाशशरण महतले अर्को निर्वाचनको कार्ययोजनासहित पार्टी अघि बढ्ने बताए । पूर्वकोषाध्यक्ष चित्रलेखा यादवले पार्टीमा महिलाको प्रतिनिधित्व बढाउनुपर्नेमा जोड दिएकी थिइन् ।अर्का महामन्त्री पूर्णबहादुर खड्काले शनिवार रातिसम्म विधानको मस्यौदामा केन्द्रीय समिति बैठकमा सहमति गरी आइतबारको बैठकमा पेश गर्ने प्रतिबद्धता जनाएका थिए। कोषाध्यक्ष सीतादेवी यादवले पार्टी पदाधिकारीमा ३३ प्रतिशत महिलाको प्रतिनिधित्व सुनिश्चित हुने व्यवस्था विधानमा गर्न माग गरेकी थिइन्।

कार्यक्रममा नेता गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, कुलबहादुर गुरुङ, तारानाथ रानाभाट, डा रामशरण महत, अर्जुननरसिंह केसी, प्रवक्ता विश्वप्रकाश शर्मा, काठमाडौँ सभापति कृष्ण सबुज बानियाँलगायतले पार्टीलाई एकताबद्ध बनाउन सबै नेताहरुको ध्यान जानुपर्नेमा कुरामा जोड दिएका थिए। बैठकको बन्दसत्र आइतबारदेखि शुरु हुने भएको छ। बन्दसत्रमा विधान मस्यौदालगायत चार वटा प्रस्ताव पेश हुने जनाइएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु