सामुदायिक सेवा केन्द्र टुँडालदेवीको आयोजनामा शान्ति सुरक्षा सम्बन्धि छलफल तथा चियापान कार्यक्रम सम्पन्नमिसेस नेपाल वल्र्ड २०२४ का प्रतियोगीले ट्यालेन्ट राउण्डअन्तर्गत आफ्नो भिन्न भिन्न प्रतिभा प्रदर्शनगीति कविता : सिपाहीखेलाडीलाई उपचार खर्चरोयल इन्फिल्ड क्लासमा नेपाली राइडर दीपक साह विजयीकर्णाली प्रदेशका तीन खेलाडी कर्णाली याक्समाआज बडा दशैंको छैटौं दिन,कात्यायनीदेवीको पूजा गरिँदै यस्तो छ : महिमा र पूजाविधियस्तो छ तपाईंको असोज २२ गते मंगलबारको राशिफलविश्व मस्तिष्क पक्षाघात दिवस सम्पन्नबाढीपहिरोबाट भएको क्षतिबारे सातै प्रदेशका मन्त्रीसँग ऊर्जामन्त्रीको छलफल

समाजसेवी बालकृष्ण पाण्डे द्वारा भारत को बैङलोर बाट ३५जना महिलाको उद्वार ४जना दलाल हिरासतमा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ पुष १ गते, आईतवार १८:१४

काठमाडौँ, पुष १ ।भारतको बैङलोरको एउटा होटलमा नेपालको बिभिन्न ठाउँबाट भारत लगेर बन्दी राखेको अवस्थामा ३५जना नेपाली महिलाको उद्वार गरिएको छ ।उजवल भबिस्यको सपना देखाउदै राखिएको अवस्थामा उद्वार गरिएको हो।उनिहरू लाई अहिले सरकारी आवासगृह मा सुरक्षित राखिएको छ।अदालतीय प्रक्रिया शुरूवात भैसकेको छ।ए.सि.पि.क्रयाम (A.C.P.CRAM)का महोन कुमार सग को सहकार्य गरि नेपाली दुतावास प्रशासनीक सहयोगमा प्रक्रिया शुरू गरि पिडितहरूलाई नेपाल फकाउने र दलाललाई कानुनी कारबाहीको लागि अगाडि बढाईएको छ। उत्त दलालहरूबाट नेपाल सरकार का बिभिन्न बिभाग का लेटर ,छाप,परिचयपत्र ,पुलिस रिपोर्ट ,श्रम मन्त्रालय को कागज ,दुतावास लगाऐत को कागजात उनिहरूको साथबाट फेलापरेको उद्वारकर्ता बरिस्ठ समाजसेवी बालकृष्ण पाण्डे ले न्युजलाईन्स मिडिया लाई जानकारी दिनु भयो ।

को हुन उद्धारकर्ता बालकृष्ण पाण्डे ?

नेपालको अघार्खाची जिल्लामा जन्मिएका बालकृष्ण पाण्डे ले महिला तथा बालबालीकाको क्षेत्रमा भारतमा बसेर लामो समयदेखी काम गर्दे आएका छन् ।अझै भनौँ तिन दशक देखि भारतका बिभिन्न ठाउँमा नेपाली चेली तथा बालबालीका र मजदुरको अवस्थाको बारेमा धेरै लेख , जानकारी बटुलेका उनले महिलाको अबस्था,बोर्डर तथा प्रवासिहरुको समस्याका बारेमा लेख्दैँ गए । जसको कारण उनी वि. पि .कोइरालाले खोलेको जनसम्पर्क समितीको राष्ट्रिय अध्यक्ष सेवाकै भवानाले भए ।

लामो समयदेखी भारतमा बस्दै आएका बालकृष्ण पाण्डेले भारतको दुतावासमा रहेका कुटनीतिक साथीहरुको सुझावमा नेपालको माईती नेपाल जस्तै भारतमा पनि संगठन खोल्न आग्रह तथा सहयोग हुन्छ भन्ने सुझावको साथ माइती नेपाल , नेपाल सरकार, परराष्ट मन्त्रालय संग समन्वय गरेर आज भन्दा १०वर्ष पहिले स्थापना भएको माईती इण्डियाको स्थापना गरेर संस्थापक अध्यक्ष समेत रहेका बालकृष्ण पाण्डेले धेरै नेपाली बेलीबेटी तथा बालबालीकाको उघारको काम गरीसकेका छन् । लगभग ४६ वर्षदेखि हराएका उनका दाजुको अवस्था थाहा नपाउँदा आफ्नो घर परिवारमा परेको त्यो पिडा सम्झदा उनलाई आफुले उद्धार गरेर ल्याएका बालबालीकाको परिवारमा त्यस्तै पिडा नहोस् भन्ने उनको चाहाना छ , नेपालको सिआइबि,पुलिस हेडक्वाटर, इन्टरपोल, परराष्ट मन्त्रालय, गृह मन्त्रालय, महिला बालबालीका तथा जेष्ठ नागरीक मन्त्रालय तथा भारत दुतावाससंग समन्वय गरेर महिला तथा बालबालीकाको क्षेत्रमा ठूलो काम गर्दे आएका छन् माइती इण्डीयालाई महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रीहरूलयको सुचिमा महिला तथा बालबालीकाको क्षेत्रमा कामगर्ने बिदेशमा एक मात्र संस्था भनेको माइती इण्डिया मात्र हो ३० भन्दा बढी बालबालीकाहरूलाई एकै ठाउँमा कोचेर राखेको र नापतौल गरेर खाना ख्वाउने जेल भन्दा कम नभएको ठाउँबाट उद्धार गरेको उनले बताए तिन दशक देखि भारतमा बसेर महिला तथा बालबालीकाको क्षेत्रमा काम गदै आएका पाण्डेले भारतमा रहेका बिभिन्न संघसंस्था, दिल्ली पुलीस, नेपाली दुतावास लगाएतको सहयोगमा बच्चा फेला पारेको बताए ।

भारतमा बिभिन्न ठाउँमा रहेका यी बालबालीकालाई देखेपछि केन्द्रिय बालकल्याणलाई निवेदन गर्दा कुनै सुनुवाई तथा पहल नभएपछि मन्त्रालयबाट सहयोग र समन्वय गरेपछि महिला बालबालीका तथा जेष्ठनागरीक मन्त्रालयले परराष्ट,परराष्टले दुतावास र दुतावासले बालकल्याण समितीलाई पत्राचार गर्यो , पुलीस प्रसाशनलाई पत्र लेख्दै जब उनी भएका कागजात लीएर गए उनको वारेन्टिमा नेपाल सरकारको सम्बन्धित निकायमा जिम्मा लगाउने र भर्पाइ सहित ल्याउने र बच्चालाई सक्दो शिक्षा, स्वास्थ्य, खेलकुद, लगाएत ब्यवस्था गरेर भबिष्यमा पुन भारत आउन नपर्ने उदेश्य सहित मन्त्रालयको मानव वेचविखन तथा नियन्त्रण शाखा प्रमुख उप सचिव रोस्नि कार्कीलाईलाई बालबालीका हस्तान्तरण गरेको बताए ।उनले भने आजको यो समयमा आधारभ्रत आवश्यकता र शिक्षा तथा खेलकुदबाट बन्चित भएर बालबालीका सिमा पार हुदाँ उनलाई धेरै दुख लागेको छ । सामान्य कुरा प्राप्त नहुँदा साना बच्चाहरु जोखिममा पर्ने भएकाले यसको बारेमा गहन रुपमा बिचार गर्न र उचित कदम चाल्न पहल होस् भन्नको लागि बच्चाहरू लिएर आफै मन्त्रालय सम्म आएको उनको भनाई छ । उनले भने बच्चाहरुको परिवार सम्म पुर्नरमिलन गराई उज्जल भबिष्यको लागी कामना गरेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु