राष्ट्रिय नाटक महोत्सव २०८१ राजधानीमा शुभारम्भउर्जामन्त्री खड्का र नेपालका लागि वङ्गलादेशका राजदूतबीच शिष्टाचार भेटसोफा हव काठमाडौंको उत्सव अफर :भाग्यशाली ३ जनालाई युरोप टुरकेशावती मास्के अपाङ्गता तर्फ उत्कृष्ट सेवा पुरस्कार २०७४ पत्रकार शर्मिला विश्वकर्मालाई प्रदान गरियो२० औं एलए अन्तरविद्यालय पौडी प्रतियोगिता शनिबारदेखि सुरुकिरण श्रेष्ठको 'मेरी चन्द्रमा' बोलको म्युजिक भिडियो सार्वजनिकतेस्रो एस.जी इन्टर स्कुल स्केटिङ प्रतियोगिता स्वस्तिश्री गुरुकुलमा सम्पन्नप्राण प्यारी छोरी"कर्णालीमा आयोजित १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता निर्धारित समयमै हुन्छः खेलकुदमन्त्री चौधरीहेर्नुस् आज २०८१ साल भदौ ३० गते आइतबारको राशिफल

सत्तापक्ष नेकपालाई फुटाएर जनयुद्धको बाँकी कार्यभार पूरा गर्ने किराँतीको घोषणा (भिडियोसहित)

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ पुष १ गते, आईतवार १८:२९

केपी ओली क्रिश्चियन पादरीको दलाल बनेको आरोप
काठमाडौं, १ पुस । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष गोपाल किराँतीले सत्तापक्ष नेकपालाई फुटाएर भएपनि जनयुद्धको बाँकी कार्यभार पूरा गर्ने घोषणा गरेका छन् ।

आइतबार रिपोर्टर्स क्लब नेपालमा नेकपा (माओवादी केन्द्र) ले पार्टीको आठौं महाधिवेशनको बारेमा जानकारी दिनको लागि आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष किराँतीले यस्तो बताएका हुन । उनले सत्तारुढ दल नेकपालाई फुटाउने आफूहरुसँग राजनीतिक अधिकारपनि रहेको जिकिर गरे ।

 

उनले भने,‘पूर्व माओवादीका तर्फबाट केही साथीहरु खान पाईन्छ भनेर हाँस्दै जानुभयो, केही साथीहरु बाध्यतामा परेर सत्तापक्ष नेकपा बन्नुभयो, जनयुद्धको कार्यभार र आफ्नो दायित्वलाई भुलेर क्रान्तिको कार्यभार अधुरो छोडेर धोका दिनुभयो, प्रचण्डलाई त हामीले डाँकानै भन्न बाध्य भयौं, उहाँ धोकेवाज बन्नुभयो, हिजोको दिनहरुमा उहाँलाई हामीले बनाएका हौं, माओवादी सिद्धान्तलाई त्यागेर एमालेसँग विलिन हुनुभयो, सत्तापक्ष नेकपाका असली कम्युनिष्ट कार्यकर्ताहरु हाम्रो पार्टीमा लाग्नुहुन्छ, हामी महान जनविद्रोह सम्पन्न गर्छौं।’

प्रचण्डभन्दा बादल राष्ट्रवादी नेता भएको उल्लेख गर्दै उनले आफूहरुले बादललाई महान जनविद्रोमा आउनको लागि आग्रह गरिसकेको जनाए । उनले थपे,‘अझैपनि जनताका अधिकार स्थापित भएका छैनन्, तपाईलाई हामी नेता स्विकार्न तयार छौं, तपाईलाई प्रधानमन्त्रीको रुपमा अघि सारेर वर्तमान सरकारलाई सडकबाटै ढाल्न तयार छौं, तपाई जत्तिको राष्ट्रभक्ति नेता र युद्धको कुसल कमाण्डर ईमान्दर सिपाई यस्तो नालायक सरकारमा बस्न सुहाउँदैन भनेका छौं, उहाँले जवाफ पठाउनुभएको छैन् ।

राष्ट्रपतिको विलाशीप्रति आपत्ति

राष्ट्रपति विद्यादेवि भण्डारीको वर्तमान समयमा विलाशीताको बारेमा बाहिरिएका समाचारहरुप्रति आफूहरु पनि जानकार रहेको र राष्ट्रपतिलाई चाहिने विलाषिता जनताको हितविपरित भएको दाबी गरेको छ । अध्यक्ष किराँतीले राष्ट्रपतिका विलाषीताका कदमप्रति आपत्ति प्रकट गरे ।
उनले भने,‘राष्ट्रपति देश र जनताको हितविपरित जानुहुँदैन, जनताले खान लाउन पाएका छैनन्, राष्ट्रपतिलाई १८ करोडको गाडी चाहिने ? यस्तो पनि हुन्छ, हिजोआज त डेढ अर्बको हेलिकप्टर खरिद गर्ने निर्णय गरिएको समाचार आएका छन्, यो त झनै सुहाउँदो काम भएन ।’
आगामी फागुन १ गते जनयुद्ध दिवसको अवसरमा पार्टीको आठौं महाधिवेशन सम्पन्न गर्ने पनि अध्यक्ष किराँतीले जानकारी दिए । उनले भने,‘पुस र माघभित्रमा आठौं महाधिवेशनको बारेमा सम्पूर्ण तयारी पुरा गरिनेछ, गत मंसिर २८ र २९ गते राजधानीमा सम्पन्न केन्द्रीय समितिको बैठकले गरेका निर्णयहरु हामीले सार्वजनिक गरेका छौं, वर्तमान सरकारले जनताको हितमा काम गर्न सक्दैन, समाजवादको ‘स’ सम्मपनि कार्यान्वयन गर्न सक्दैन्, आफूहरु कसरी बन्ने ? कसरी धनी बन्ने भन्नेमा नै उनीहरु व्यस्त छन्, कसरी समाजवाद आउँछ ?’

ओली क्रिश्चियन पादरीको दलाल बने

किराँतीले प्रधानमन्त्री केपी शर्मालाई धार्मिक दलाल बनेको आरोप पनि लगाएका छन् । केही समय पहिले राजधानीमा सम्पन्न एशिया प्यासिफिक समिटलाई स्मरण गर्दै अध्यक्ष किराँतीले भने,‘प्रधानमन्त्री ओली तीन दिनसम्म विदेशी धार्मिक संस्थाको कार्यक्रममा गएर सुत्नुभयो, विवादित धार्मीक संस्थाको कार्यक्रममा यसरी राज्यको कार्यकारी व्यक्तिले भाग लिन पाईन्छ ?’

विदेशीहरुले नेपालका धार्मीक सम्प्रदायलाई छिन्नभिन्न पार्न खोजिरहेको पनि उनले दाबी गरे । उनले थपे,‘सरकारले उनीहरुलाई साथ दिईरहेको छ, यसरी ओली पादरीहरुको दलाल बन्नेमा पु्ग्नु भएको छ, पूर्व एमाले एनजिओको पार्टी थियो, आजभोली क्रिश्चियन धर्मको संरक्षक र प्रचारक बनेको छ, धार्मीक द्धन्द्धको बीउ रोपेर देशलाई खतरा निम्त्याउने काम कुनै व्यक्ति वा राज्यका निकायबाट भयो भने हामीलाई स्वीकार्य हुँदैन ।’

‘विप्लव र वैद्य माओवादीसँग पार्टी एकता हुन्छ’

त्यस्तै अध्यक्ष किराँतीले विप्लव र वैद्य माओवादीसँग आठौं महाधिवेशन पछि पार्टी एकता गरिने स्पष्ट पारे । उनले भने,‘हाम्रो पार्टीको लाईन, विप्लवजीको पार्टीको लाईन, र वैद्य कमरेडको पार्टीको लाईन करिब एउटै हो, केही कुरामा विप्लवजीसँग मिलेका छैनन्, वैद्यले वैज्ञानिक समाजवाद भन्नुहुन्छ, विप्लवले पनि वैज्ञानिक समाजवाद भन्नुहुन्छ, वैद्यले जनक्रान्ति भन्नुहुन्छ, विप्लवले एकिकृत जनक्रान्ति भन्नुहुन्छ, हामीले महान जनविद्रोह भन्छौं, जसले जे भनेपनि सारमा सबैको लक्ष्य एउटै भएका कारण हामी तीनै पक्षबीच पार्टी एकीकरण हुन्छ, एकिकरणपछि नेतृत्वको बारेमा कुनै विवाद हुँदैन, वैद्य, विप्लव जसले पनि नेृत्व लिन सक्नुहुन्छ ।’

त्यस्तै कार्यक्रममा महासचिव कर्णजित बुढाथोकीले असली कम्युनिष्टहरुलाई अब ढिला नगरी एक ठाउँमा आउन आग्रह गरेका छन् ।

 

उनले भने,‘राष्ट्र र जनता अहिले अप्ठ्यारोमा परेका छन्, यो बेला पनि हामी असली कम्युनिष्टहरु एक ठाउँमा उभिन सकेनौं भने जनताले हामीलाई पत्याउँदैनन्, जनताहरु महँगीको मारमा छन्, राष्ट्रियता जोखिममा छ, सिमानामा अत्याचार भएकै छ, यस्तो स्थितिमा सरकारले कुनै काम गर्न सकेको छैनौं, हामीले सडकबाट उचित जवाफ दिन सकेका छैनौं, अघोषित धार्मीक द्धन्द्ध बढाउन खोजिएको छ ।’

अबको दिनमा वर्गीय आन्दालेनमा उत्रिनुपर्ने धारणा राखे । उनले भने,‘कांग्रेसले हिन्दुराज्यको विषय उठाएको छ, यो राजतन्त्रलाई फर्काउने तर्क हो, अर्कातर्फ पूर्व एमाले एनजिओको पार्टी थियो, आजको दिनमा क्रिश्चियन धार्मीक संस्थाको संरक्षकजस्तै बनेको छ, सच्चा देशभक्त वामपन्थी शक्तिहरु एकजुट हुनुपर्छ, राष्ट्रियता, जनतन्त्र र जनजिविकाको सवालमा हामीहरु एक भएर अघि बढ्न जरुरी छ ।’

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु