दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

नेपालबाट एकाएक गायब भएको ३३ किलो सुन ११ महिना पछि भारतमा भेटीयो, यसरी सुन बरामद भयो

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ पुष १ गते, आईतवार १८:५७

काठमाडौं । नेपालमा अवैध रुपमा भित्रिएको ३३ किलो सुन ११ महिना पछि भारतमा फेला परेको छ । सनम शाक्यको हत्या देखि दर्जनौ प्रहरीको बर्दीमा हिलो लागेको चर्चीत ३३ किलो सुन काण्डले नयाँ मोड लिएको छ ।

भारतीय प्रहरीय र त्यहाँको राजस्व अनुसन्धान विभाग टोलीले गत शुक्रबार कोलकाता–दिल्ली राजमार्ग्स्थित धनकुनी क्षेत्रबाट सुन बरामद गरेको हो। सुन तस्करीको छानबिन गर्न गृह मन्त्रालयले गठन गरेको छानबिन समितिका संयोजक तथा सहसचिव ईश्वरराज पौडेलले कोलकाता–दिल्ली राष्ट्रिय राजमार्गबाट भारतीय राजश्व अनुसन्धान विभागको टोली र भारतीय प्रहरीले बरामद गरेको जानकारी दिए। ‘दुबईबाट तस्करी गरेर २०७४ माघ ९ गते त्रिभुवन विमानस्थल हुँदै काठमाडौं भित्र्याएको ३३ किलो सुन कोलकातामा बरामद भएको खबर आएको छ’, संयोजक पौडेलले अन्नपूर्णसँग भने, ‘नेपालबाट हराएको ३३ किलो परिणामको सुनसहित दुईजना नेपाली पनि पक्राउ परेपछि छानबिन गर्दा त्यही सुन भएको खुलेको छ। यसबारेमा त्यहाँको राजस्व अनुसन्धान विभागले कोलकातास्थित नेपाली महावाणिज्य दूतावासलाई गराइसकेको छ।’

दुबई हुँदै २०७४ माघमा भित्रिएको यो सुन त्रिभुवन विमानस्थलबाट पास गराइसकेपछि हराएको थियो। ३३ किलो सुन हराएपछि तस्करीमा संलग्न मोरङको उर्लाबारीका चूडामणि उप्रेतीले करेन्ट लगाएर यातना दिँदा एकजना भरिया उर्लाबारीकै सनम शाक्यको ज्यानसमेत गएको थियो। पक्राउ परेका दुवैजना गृहको छानबिन समितिको प्रतिवेदनमा उल्लेखित १९२ जना व्यक्तिमध्ये भएको पनि खुलेको छ। अर्यालले घटनाबारे गृह मन्त्रालयमा जानकारी गराइसकेका छन्। ‘अहिलेसम्म प्राप्त जानकारी अनुसार कोलकातामा बरामद भएको त्यो सुन नेपालबाट गायब गरिएकै सुन हो’, पौडेलले अगाडि भने, ‘भारतको कस्टमको अनुसन्धान विभागले महावाणिज्यदूतलाई लेखेको पत्र पनि प्राप्त भइसकेको छ, अब बरामद सुन र पक्राउ परेका दुवैजनालाई नेपाल झिकाउने पहल गरिरहेका छौं।’

यसरी भयो बरामद

कोलकात्ता र्पुयाइएको सुन भारतीय बजारमा व्यवस्थापन गर्ने तयारीस्वरुप दुवै नेपाली व्यापारी सुन लिएर त्यता लागेका थिए। भारतीय राजस्व अनुसन्धान निर्देशनालय र प्रहरीको संयुक्त टोलीले एकै दिन दुई ठाउँबाट ९९ किलो सुन बरामद गरेका थिए। लखनउबाट प्रहरीले ६६ किलो सुन बरामद गरेको थियो। त्यही दिन राजस्व अनुसन्धान निर्देशनालय र भारतीय प्रहरीको संयुक्त अप्रेशनका क्रममा कोलकात्तास्ति राष्ट्रिय राजमार्गबाट ३३ किलो सुन बरामद भएको हो।
गियर भित्र लुकाइयो

३३ किलो सुन एउटा स्विफ्ट कारभित्र भेटिएको छ। स्विफ्ट कारको गियर नजिक सानो बक्स बनाएर सुन राखिएको थियो। ड्यास बोर्डनजिकै बक्स बनाएर लुकाइएको अवस्थामा बरामद भएको हो।

श्राेतः sagarmathapost.com

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु