रास्वपाले १० वैशाखमा उपचुनाव हुने ३ वटा निर्वाचन क्षेत्रमा उम्मेदवार घोषणारसुवागढी नाका आजदेखि पूर्णरुपमा दुईतर्फी सञ्चालनमाकांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्नेखेलकुद सामान्य क्षेत्र होइन– प्रधानमन्त्री दाहालचैत, १८ गते शनिबार : यस्तो छ तपाईंको आजको राशिफलतारकेश्वरमा शाखा राख्न शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको प्रस्ताव, साङलामा डायलसीसका लागि प्राविधि सहयोग गर्नेसरकारले पूर्णता पायो, अब देशमा विकासले गति लिन्छ : प्रधानमन्त्री दाहालहेरेको तिमीलाई'मा सिम्पल र कुन्साङको रोमान्स ( भिडियोआजबाट एसइई परिक्षा सुरु, ५ लाख १६ हजार परीक्षार्थी सहभागी हुँदैआज नयाँ मन्त्री नियुक्त गर्ने तयारी

पहिलो राष्ट्रीय झण्डा दिवस २०७५ सम्पन्न

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ पुष १, आईतवार १९:०१
काठमाडौं, १ पुस । नेपालको राष्ट्रीय झण्डा लाई बिश्वब्यापी बनाउने तथा नेपालको राष्ट्रीय झण्डालाई नेपाल सरकारले आधिकारिक रुपमा अन्तरास्ट्रीय मान्यता दिई विश्व जगतमा प्रचलन मा ल्याएको दिन पुष १ गते २०१९ साललाई सम्मान गर्दै तथा देशको पहिचान लाई उजागर गर्दै पहिलो ऐतिहासिक झण्डा दिवस को सुरुवात भएको छ ।
रास्ट्रीय धरोहर संरक्षण महाभियान नेपाल नामक संस्था सुरुवात गरि नेपालि युवाहरुले झण्डालाई सम्मान गर्दै यो दिवस सुरुवात गरिएको अभियान का संयोजक तथा परिकल्पनाकार राजानन्द माण्डव्य ले जानकारी दिनुभयो । नेपाल एक स्वतन्त्र सार्वभौम सम्पन्न रास्ट्र हुदै गर्दा पनि हाम्रो झण्डा राजनैतिक कुद्रिस्टिले कहिले पनि स्वतन्त्र हुन नसकेको र अब यो झण्डा स्वतन्त्र हुनुपर्ने र राजनैतिक झण्डा संग यसलाई दाज्न नमिल्ने उहाले जानकारी दिनुभयो ।
२०६९ सालदेखि नै नेपालको राष्ट्रीय पोशाक को लागि अनवरत अभियान गर्दै आएका अभियन्ता हरुले नै झण्डा दिवस को सुरुवात गरेका हुन्  ।काठमाण्डौ को बसन्तपुर दरवार मा जम्मा भै त्यहाबाट न्युरोड,रत्नपार्क,भद्रकाली हुदै माइतिघर मण्डला मा कोण सभा गरिएको थियो  ।कार्यक्रम गैर राजनैतिक सामाजिक अभियन्ता हरुले झण्डा सहितको र्याली निकाली अब हरेक बर्ष पुष १ गते भब्य सभ्य रुपले अभियान अघि बढाउने तथा सरकारलाई समेत झण्डा दिवस मनाउन आह्वान गर्ने अभियान्ता श्याम बजगाईले जनाउनु भयो  ।
मेरो आफ्नै शान छ,दौरा सुरुवाल टोपी लगाउदा, नारीको सम्मान छ फरिया र चोली लगाउदा भन्ने गित गाउदै गायक रामहरी न्यौपाने ले स्वाभिमान कहिले नझुक्ने र अभियान सदै जीवित राख्ने बताउनु भयो
माइतिघर मण्डला मा रहेको झण्डा निर्माण अभियान्ता पुरन गिरीले यो अभियान गर्नु हाम्रो गर्वको कुरा हो र अब निरन्तर लागिरहने संकल्प व्यक्त गर्नुभयो  ।
अभियानमा युवा अभियन्ता निगम हुमागाई,सरोज बानिया,नेपालको राम लगाएत सयौ अभियन्ताको उपस्थिति रहेको थियो  ।
फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु