• अनमोल र आशिरमान अभिनित फिल्मको भिडन्त हुने

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २ पुष २०७५, सोमबार ०८:३४

    काठमाण्डौं। पौष २७ गतेबाट अल नेपाल रिलिज हुने भनिएको फिल्म दि ब्रेकअपको रिलिज मितीमा हेरफेर भई अब फागुण १७ मा आउने भएको छ । आशिरमान देशराज जोशी र शिल्पा माश्के स्टारर यस फिल्म अब नायक अनमोल के. सी अभिनित फिल्म क्याप्टेनसँग प्रर्दशनमा आउने भएको छ । फुटबल खेलाडीको जीवनमा आधारित फिल्म क्याप्टेनसँग लभस्टोरी फिल्म दि ब्रेकअप एकसाथ प्रर्दशनमा आँउदा यी दुई फिल्मको भिडन्त हेर्न भने रोचक हुनेछ । फिल्मको भि एफ एक्सको केही भाग नसकेको कारण र फिल्मलाई प्रचारप्रसारलाई पनि समय नपुग्ने भएकोले फिल्मको रिलिज मिती सार्नुपरेको फिल्म युनिटले जानकारी गराएका छन् ।

    फिल्ममा आशिरमान र शिल्पाको अलवा इच्छा कार्की, सरोज खनाल र रेमनदास श्रेष्ठको पनि मूख्य भुमिका रहेको छ । नरेन्द्र मैनालीले खिचेको फिल्मलाई रुपक थापा, दीपक खतिवडा, रेनु राणा र हेमराज बिसीले संयुक्त रुपमा निर्माण गरेका हुन् । फिल्मलाई हेमराज बिसीले निर्देशन गरेका हुन् । निर्देशक हेमराजसँग निर्माता रोहित अधिकारीको मनमुटाव भएपछि रोहितले ब्रेकअप छोडेका हुन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु