• नेपालका बडीबिल्डर महेश्वर महर्जनलाई थाइल्याण्डमा गोल्ड मेडल

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २ पुष २०७५, सोमबार ०८:३७

    काठमाडौं। विश्वव्यापी शारीरिक सुगठन प्रतियोगितामा नेपालले गोल्ड मेडल जितेको छ। थाइल्याण्डमा आयोजित १० औं संस्करणको प्रतियोगितामा नेपालका महेश्वर महर्जनले ७५ केजी तौल समूहमा भारतसहित ४ देशका प्रतिस्पर्धीलाई उछिन्दै गोल्ड मेडल जितेका हुन्।

    ७५ केजी तौल समूहका १२ राष्ट्रका बडीबिल्डरबाट टप ५ मा पुगेका महेश्वरले फाइनल राउण्डमा भारत, सिंगापुर, थाइल्यान्ड, उब्जेकिस्तानका बडीबिल्डरलाई उछिन्दै स्वर्णपदक हात पार्न सफल भएका हुन्।

    प्रतियोगितामा भारतका जयप्रकाश दोस्रो, सिंगापुरका बडीबिल्डर तेस्रो, थाइल्यान्डका चौंथो र उज्बेकिस्तानका बडीबिल्डरले पाँचौं स्थान प्राप्त गरेका थिए। नेपालका महेश्वरले यसअघि भुटानमा एसियन बडिबिल्डिङ च्याम्पियनसिपमा पनि स्वर्ण जितेका थिए।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु