-ललन कुमार चौरसिया
रौतहट । पौष २ गते । गरुडा न.पा.मा भएको दुई पक्षबिचको झडपले क्षेत्र अशान्त बनेको छ । मंसिर २८ गते गरुडा न.पा ९ रघुनाथपुरका वडाध्यक्ष राजेश कुमार सहनी र उनको बुबा बर्ष ६० को हरि नारायण सहनीलाई २/३ जनाको अज्ञात समुहले कुटपिट गरी घाईते बनाएका थिए । सोही बिषयलाई लिएर झै-झगडा भएको र पून: आज करिब १७.१५ बजे गरुडा न.पा.९ बिर्ता बजारमा लागेको हार्ड बजारमा २।३ मानिसले पसलहरुमा ढुंगा-मुडा प्रहार गरेपछि विवादले चर्को रुप लिएको प्रहरीको भनाई रहेको छ ।
दुबै पक्ष बिच ढुंगा -मुडा प्रहार र झडप शुरु भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले १५ राउन्ड ह्वाई फायर गरेका छन । घटनाको सुचनासंगै जिप्रकाबाट प्र.नि.को कमाण्डमा ४० जनाको प्रहरी टोली खटेका छन । समाचार सम्प्रेषणसम्म दुवै पक्षका स्थानिय गरी ६००।७०० जना गुटबंदीमा बसेका छन । घटना स्थानमा जिप्रका रौतहटबाट प्र.ना.नि.को कमाण्डमा १७ जना, ईप्रका चपुरबाट प्र.नि.को कमाण्डमा १६ जना र स.प्र.स.नि.को कमाण्डमा ७ जनाको टोलि खटिएका जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । घटनाको क्रममा स्थिती नियन्त्रण गर्न सुरक्षाकर्मीले १)SLR राईफलबाट ६ राउण्ड हवाईफायर २)ग्याँस सेल ८ राउण्ड फायर ३)सर्ट गन बाट १ राउण्ड फायर गरिएको र २ जना प्रहरी ढुंगा लागी सामान्य घाईते भएका जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।