कतार, ३ पुस । कतारको राष्ट्रिय दिवसका अवसरमा एनआरएन कतारले आज कतारमा विभिन्न कार्यक्रम गर्दैछ । नेपाल र कतारबीचको सम्बन्ध उच्च रहेको भन्दै एनआरएनए कतारले विभिन्न कार्यक्रम गर्न लागेको हो ।
एनआरएनको विज्ञप्ति :
कतारबासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरु, हार्दिक नमस्कार । मिति १८ डिसेम्बर २०१८ का दिन कतारको राष्ट्रिय दिवस अवसरमा Ministry of Interior (MOI) Qatar द्वारा आयोजित विभिन्न देशहरुको सहभागिता सहित कतारका विभिन्न पाँच स्थानमा आयोजना हुने सांस्कृतिक कार्यक्रममा नेपाली समुदायको तर्फबाट गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद (NRNA NCC) कतारले प्रतिनिधित्व गर्दै कतारमा कार्यरत स्थानीय कलाकारहरुको विविध सांस्कृतिक प्रस्तुतिहरु पनि प्रस्तुत गरिने भएको छ ।
उक्त कार्यक्रममा कतारमा रहनुभएका सम्पूर्ण नेपालीहरुलाई सहभागिताका लागि एनआरएनए एनसीसी कतार हार्दिक अनुरोध गर्दछ ।
कार्यक्रम हुने स्थानहरु: एशियन टाउन, सनैयां समय : दिउसो २:३० बजे
लेबर सिटी (ग्राण्डमल नजिकै) समय : दिउसो २:३० बजे बार्वा अल बाराह (सनैया)
समय : दिउसो ३:३० बजे शेहानिया (साहनिया) समय : दिउसो ३:०० बजे
अलखोर समय :३:०० बजे
श्राेतः janasawal.com