• प्रभासको फिल्म ‘साहो’ १५ अगष्टमा आउने

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ३ पुष २०७५, मंगलवार १९:१२

    काठमाडौं, ३ पुस । प्रभासको बहुप्रतिक्षित फिल्म ‘साहो’को रिलिज मिति तोकिएको छ । ट्रेड एनालिस्ट रमेश बालाले ट्वीट गर्दै साहोको रिलिज मिति १५ अगष्टमा तोकिएको जानकारी दिएका छन् । अहिलेसम्म फिल्मको पोस्टर र टिजर रिलिज भइसकेको छ ।
    साहोलाई सुजितले निर्देशन गर्दैछन् । फिल्ममा प्रभाससँगै श्रद्धा कपुर, ज्याकी श्राफ, चंकी पाण्डे, नील नितिन मुकेश लगायतका स्टार छन् । साहोको बजेट २ सय करोड भएको बताइएको छ ।

     

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु