• नाजिर र शिल्पाको ‘कागजपत्र’ चैत ८ मा आउने

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ४ पुष २०७५, बुधबार ०८:५३

    काठमाडौं । फिल्म ‘कागजपत्र’को अफिसियल पोस्टर सोमवार सार्वजनिक भएको छ । काठमाडौँमा एक कार्यक्रमका बीच निर्माण टिमले फिल्मको पोस्टर सार्वजनिक गर्दै सँगै प्रदर्शन मिति पनि घोषणा गरेको हो ।
    चैत ८ गते प्रर्दशनमा आउने फिल्ममा अभिनेता नाजिर हुसेन र अभिनेत्री शिल्पा मास्केको मुख्य अभिनय रहेको छ । सार्वजनिक पोस्टरमा नाजिर, शिल्पा सँगै सरिता गिरी, लोकेन्द्र लेखक र भोलाराज सापकोटालाई देख्न सकिन्छ । फिल्म वल्र्डवाइड फिल्मस् र अस सिनेमाको संयूक्त व्यानरमा निर्माण भएको छ ।

    बसन्त सापकोटा र संगीत सापकोटाको संगीत रहेको फिल्म निमेष श्रेष्ठले सम्पादन गरेका हुन् भने फिल्ममा खिलेन्द्र तिमल्सिना, मुकेश रेग्मी र प्रजापती सिवाकोटी निर्माताको रुपमा रहेका छन् र सह–निर्माताको रुपमा किरण न्यौपाने र सरस्वती श्रेष्ठ रहेका छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु