कतारको राष्ट्रिय दिवस भव्यताका साथ सम्पन्न, हजारौं नेपाली पनि सहभागी (फोटोफिचर)

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ पुष ४ गते, बुधबार १९:१०

दोहा – कतारले आफ्नो राष्ट्रिय दिवस भव्यताका साथ मनाएको छ । हरेक बर्ष जस्तै यो बर्ष पनि १८  डिसेम्बरमा राष्ट्रिय दिवसको अवसरमा कतारको रमणीय स्थान  कर्नेसनमा विहानैदेखि नै भिड लागेको थियो । विहानेदेखि सुरु भएको कार्यक्रममा कतारका प्राय सबै उच्च पदस्थ अधिकारहिरुको उपस्थिती रहेको थियो ।

कर्नेसमा राष्ट्रिय दिवसको अवसर पारेर आर्मी फोर्स, आन्तरिक मन्त्रालय, लखुईया, नागरिक रक्षा विभाग साथै  सरकारी निकायको परेड देखाएका थिए । आकाशमा हेलिकप्टर तथा युद्ध विमानहरूको प्रदर्शनी गरि एको थियो । प्यारासुटबाट रोमान्चकारी ढङ्गले कतारको झण्डा फरफराईएको थियो । सुर क्षा सामाग्री, हातहतियार, युद्ध विमानको प्रदर्शनीसँगै   सुरक्षा नियकाको टोलीको परेडले कर्नेसको वातारण हेर्न लायक थियो ।

सैनिकले उटँ, कुकर र घोडा लगायतका अत्याधुनिक र पुराना  हातहरियाको प्रदर्शन गरेको थियो । आकाशमा युद्ध विमानको आवाज र गतीले उत्तिकै महत्व राख्यो । राती ८ बजे समुन्द्र माथीको पटका पकाएको हे र्न कर्नेसको सबै भागमा भिड देखिन्थ्यो । पटकाले आकाश मा बनाएको चित्रले सबैको मन लोभ्यायो । राष्ट्रिय दिवसको अवसर पारेर कतार मा रहेका आप्रवासी कामदारहरु कम्पन्नी, र विभिन्न समुदायले उत्सव मनाएर खुसी साटे ।

राष्ट्रिय दिवस २०१८ लाई भव्य रुपमा मनाउनका लागी सनैयाको एसियाना टाउन, रैयान स्पोर्टस क्लव, अल वर्का स्पोर्टस् क्लव र बारवा लेबर रिक्रियसन कम्प्लेक्स अलखोरमा साँस्कृतिक कार्यक्रम र खेलकुदमय बन्यो । कतारको राष्ट्रिय दिवसको उल्लासमा यहाँ रहेका आप्रवासीहरुले समय साथ दिए ।

आप्रवासीहरुले समेत खुसीयाली मनाएका छन । कतार मा ठूलो संख्यामा रहेका नेपाली, भारतीय, श्रीलंका, इण्डोनेसिया, फिलिपिन्सलगायतका देशका हजारौं आप्रवासी नागरिकहरुसमेत कार्यक्रममा सहभागी रहेका थिए । डिसेम्बर १८ का दिन कतारले राष्ट्रिय दिवस मनाउँदै आएको छ । त्यसको लागि कतारले कर्नेसमा आफ्नो राष्ट्रिय कार्यक्रम गर्दै यो बर्ष राष्ट्रिय दिवस सम्पन्न गरेको छ । शुक्रबार बिदाको दिनमा परेको राष्ट्रिय दिवसलाई मध्यनजर गर्दै आईतवारसमेत कतारमा बिदा दिईएको छ ।

कतारले आफ्नो देशको जग बसेको १८ डिसेम्बर १८७८ लाई मान्ने गरेको छ । त्यतिखेरका अमिर शेख जसिम बिन मोहमद बिन अलथानीले विभाजित समुदायलाई एकतामा बाँधेर अगाडि बढाउन सफल भएका थिए । त्यही समयको सम्झनामा हरेक डिसेम्बर १८ मा राष्ट्रिय दिवस मनाईदै आएको छ । सयभन्दा बढी देशका १८ लाख भन्दा बढी आप्रवासीहरुलाई समेत समेटेर राष्ट्रिय दिवस मनाएको छ ।

एनआरएन कतारको समन्वयमा विभिन्न कार्यक्रम

कतारको राष्ट्रिय दिवसका अवसरमा एनआरएन कतारले  आज कतारमा विभिन्न कार्यक्रम गरेको छ ।  नेपाल र कतारबीचको सम्बन्ध उच्च रहेको भन्दै एनआरएनए कतारले विभिन्न कार्यक्रम गर्न गरेको हो । कतारको राष्ट्रिय दिवस अवसरमा कतारको आन्तरिक मन्त्रालयद्वारा आयोजित विभिन्न देशहरुको सहभागितासहि

सांस्कृतिक कार्यक्रममा नेपाली समुदायकोतर्फबाट गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद (ल्च्ल्ब् ल्ऋऋ) कतारले   गर्दै कतारमा कार्यरत स्थानीय कलाकारहरुको विविध सांस्कृतिक प्रस्तुतिहरु पनि प्रस्तुत गरिएको थियो । कार्यक्रममा कतारमा रहेका ने पालीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

कतारको राष्ट्रिय दिवसको अवसरमा एशियन टाउन, सनैयां, लेबर सिटी (ग्राण्डमल नजिकै), बार्वा अल बाराह (सनैया), शेहानिया (साहनिया) र अलखोरमा कार्यक्रम भएको थियो । प्रोफेसर रमजान अलि मियाले जनसवालसँगको भेटमा कतार बाट नेपालीले धेरै लिन सक्ने बताए । उनले कतारले सधैं नेपालीलाई माया गरिरहेको धेरै उदाहरण आफुसँग भएकोसमेत बताए ।

कार्यक्रममा कतारमा रहेको कतारी तथा नेपाली उच्चपदस्थ अधिकारी, व्यवसायी, पत्रकार तथा नेपाली समुदायको उल्लेख्य उपस्थिती रहेको थियो । जसमा नेपाली कामदारबारे अन्तरक्रिया भएको थियो भने नेपाली कामदारका समस्याबारे प्रत्यक्ष रुपमा कतारी अधिकारीहरुले गुनासा सुनेका थिए । यी कार्यक्रमहरुमा विभिन्न ४० वटा प्रस्तुतिहरु रहेका थिए ।

कतारमा आयोजना गरिएको राष्ट्रिय दिवसको कार्यक्रममा यो वर्ष नेपालीहरुको पनि उल्लेखनिय सहभागिता रहेको थियो। उनीहरुले राजधानी दोहामा आयोजित कार्यक्रममा मार्चपास समेत गरेका थिए।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु