आज मंसिर १३ गते बुधबार यस्तो छ तपाईंको राशिफलकाभ्रे हेभी इक्युपमेन्ट ब्यवसायी संघको जिल्ला अधिबेशन तथा बार्षिक साधारण सभा सम्पन्नस्वर्णिम क्वाटरफाइनलमाएनआरएनएको अनलाइन निर्वाचनमा गम्भीर ७ त्रुटि, कारबाहीको माग गर्दै अध्यक्ष शर्माद्वारा पत्रकार सम्मेलनगायक दिपक भुजेलको 'तिमी आईदेउ' सार्वजनिक ( भिडियो )यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दरराजेन्द्र कुमार कार्कीको 'बुट्टा भरेर' बोलको नयाँ गित सार्वजनिकगायक तथा मोडल मुन थकालीको 'कदम कदम' बोलको नयाँ गित सार्वजनिकप्रमोद खरेलको अर्कैको सिन्दूर लायौ’ बोलको नयाँ गीत सार्वजनिकसर्ट फिल्म 'उडान' को टिजर सार्वजनिक

सरकारले उच्च प्रशासकको लहैलहैमा हतारमा अध्यादेश ल्यायो, सच्याउनुपर्छ : अध्यक्ष पोखरेल

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ पुष ५ गते, बिहीबार १८:४९

काठमाडौं, ५ पुष । नेपाल निजामती कर्मचारी युनियनका अध्यक्ष गोपाल प्रसाद पोखरेलले अध्यादेशप्रति आफूहरुको असहमति नभएको तर यसभित्र रहेका विषयमा असहमति रहेको स्पष्ट पारेका छन् । उनले हतारमा अध्यादेश ल्याईएको भन्दै आपत्ति पनि जनाए ।

बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै पोखरेलले सरकारले ल्याएको कर्मचारी समायोजन अध्यादेश विभेदकारी भएको पनि आरोप लगाए । समायोजन अध्यादेशले बरिष्ठ कर्मचारी संघमै बस्ने कनिष्ठहरू स्थानीय तह वा प्रदेशमा खटिने व्यवस्था गरेकाले खटिएर जाने कर्मचारीलाई फेरि संघमा फर्कने बाटो बन्द गरिएकाले आफूहरुले यसलाई तुरुन्त सच्याउनुपर्ने माग राखेको सुनाए ।

कर्मचारी समायोजन स्वैच्छिक बनाउनुपर्ने अध्यक्ष पोखरेलको भनाई छ । सरकारले उच्च प्रशासकहरुको लहैलहैमा लागेर यो अध्यादेश ल्याएको पनि उनले गम्भिर आरोप लगाए । उनले भने,‘कर्मचारीका लागि यो अध्यादेश संविधान नै हो । तर, आधिकारिक ट्रेड युनियनसँग छलफल भएको छैन । यसमा हाम्रो गुनासो हो । सरकारले मुलभुत कुरा लत्याएको छ ।’

संघीय निजामति सेवा ऐन, प्रदेश निजामति सेवा ऐन र स्थानीय निजामति सेवा ऐन तत्काल ल्याउनुपर्ने पनि बताए । उनले भने,‘यी महत्वपूर्ण तीन ऐन किन थाँती राखियो ? सरकार आफुखुशी कर्मचारी समायोजन गर्न जाँदैछ, कालान्तरमा यसले सरकारलाई नै असर पुर्याउँछ ।’

कर्मचारी समायोजन भएर जान तयार रहेको तर यसको लागि सरकारले उचित वातावरण बनाउनुपर्ने पोखरेलको भनाई छ । उनले भने,‘सरोकारवालाहरुसँग टेबुल टक हुनुपर्छ । कर्मचारीको वृद्धिविकास नरोकियोस् ।’

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु