आज मंसिर १३ गते बुधबार यस्तो छ तपाईंको राशिफलकाभ्रे हेभी इक्युपमेन्ट ब्यवसायी संघको जिल्ला अधिबेशन तथा बार्षिक साधारण सभा सम्पन्नस्वर्णिम क्वाटरफाइनलमाएनआरएनएको अनलाइन निर्वाचनमा गम्भीर ७ त्रुटि, कारबाहीको माग गर्दै अध्यक्ष शर्माद्वारा पत्रकार सम्मेलनगायक दिपक भुजेलको 'तिमी आईदेउ' सार्वजनिक ( भिडियो )यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दरराजेन्द्र कुमार कार्कीको 'बुट्टा भरेर' बोलको नयाँ गित सार्वजनिकगायक तथा मोडल मुन थकालीको 'कदम कदम' बोलको नयाँ गित सार्वजनिकप्रमोद खरेलको अर्कैको सिन्दूर लायौ’ बोलको नयाँ गीत सार्वजनिकसर्ट फिल्म 'उडान' को टिजर सार्वजनिक

अध्यादेशबारे आएका कर्मचारीका गुनासाहरु सम्बोधन गर्छौं : सहसचिव भट्टराई

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ पुष ५ गते, बिहीबार १९:०५

काठमाडौं, ५ पुष । कर्मचारी समायोजना अध्यादेश–२०७५ गुनासो व्यवस्थापन समितिका संयोजक एवम् संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सह–सचिव रुपनारायण भट्टराईले अध्यादेशप्रति कर्मचारीको तर्फबाट आएका गुनासाहरुलाई आफूहरुले आत्मसात गर्ने स्पष्ट पारेका छन् ।

बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै सह–सचिव भट्टराईले यस्तो बताएका हुन् । उनले भने,‘कर्मचारीहरुको तर्फबाट आएका ९९ प्रतिशत गुनासाहरु वृद्धिविकासबारे छन् । यो अध्यादेशले विगतकोभन्दा राम्रो अवसर सिर्जना गरेको अवस्था छ ।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले अध्यादेश हुबहु कार्यान्वयन गर्ने जनाए । तर, यससम्बन्धमा आएका गुनासाहरुलाई पनि सम्बोधन गर्दै जाने विश्वास दिलाए ।

 

उनले भने,‘यो समितिमा आधिकारिक ट्रेड युनियनकोपनि सहभागिता गराईसकेका छौं । अब समितिमा आएका गुनासाहरुलाई नीतिगत रुपमा पनि सम्बोधन गर्दै जानुपर्छ भनेर नै अगाडि बढिरहेका छौं । र, निजामति कर्मचारीहरुको मनोबल गिर्ने होईन, मनोवल उच्च पारेर नै समायोजन गर्नुपर्छ । किनभने, निजामति कर्मचारीले सम्पादन गर्ने कामहरु उच्च मनोवलका साथ गयो भनेमात्रै सम्पादन राम्रो हुन्छ । र, हामीले परिकल्पना गरेको सुशासन कायम हुन्छ । हामीले परिकल्पना गरेको स्थानीय घरदैलोको सेवा त्यो पूर्ण हुन्छ ।’

समितिमार्फत आएका गुनासाहरुलाई आफूहरुले सम्बोधन गर्ने उनको भनाई छ । उनले भने,‘अरु व्यक्तिगत गुनासाहरु छन् भने व्यक्ति–व्यक्ति विशेष गुनासो सम्बोधन गर्ने अवस्थापनि रहँदैन । धेरैभन्दा धेरै कर्मचारीहरुलाई समेट्नेगरि गुनासाहरु सम्बोधन गरेर जानुपर्छ ।’

भट्टराईले कर्मचारी समायोजन पहिलेदेखि नै तहगतरुपमा भएकाले समायोजन पनि पहिलेकै तहमा भएको बताएका छन् । उनले कर्मचारी समायोजनलाई व्यवस्थित गर्न तहगत र श्रेणीगत व्यवस्थापन गरिएको बताए । कर्मचारी समायोजन कार्य भइसकेकाले अब आन्दोलन गरिनु न्यायोचित नभएको उनको भनाइ छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु