काठमाडौं : क्रिसमस र नयाँ साल शुरु हुनै लाग्दा सरकारी र निजी बैंकहरु बन्द हुने भएका छन् । शुक्रबारदेखि आउँदो बुधबारसम्म क्रिमस पर्वका कारण बैंक बन्द हुनेछन् । सरकारले यो समयमा एटिएमबाट पनि पैसाको कमी हुन सक्ने भन्दै बिहिबार सबै तारतम्य मिलाउन नागरिकलाई आग्रह गरेको छ । भारतको नयाँ साल आउन करिब १० दिन बाँकी छ । पर्वलाई ख्याल गर्दै भारत सरकारले कर्मचारीको सहुलियतको लागि बैंक बन्द गराएको हो । बैंकका कर्मचारीले भने बन्दको समय कम भएको भन्दै आन्दोलन गरेका छन् । सरकारले दिएको बन्दको समयमा दुई दिन सधैँझै बन्द परेको र बाँकी समय थप्नुपर्ने उनीहरुको माग रहेको छ ।भारतमा २०१९ आउनै लाग्दा तयारी तीव्र पारिएको छ । विभिन्न स्थानमा कार्यक्रम तय भएका छन् । त्यहाँको सरकारले पर्व वा उत्सवका समयमा पड्काइने पटका कम गर्न समेत सर्वसाधारणलाई आग्रह गरेको छ ।