आज मंसिर १३ गते बुधबार यस्तो छ तपाईंको राशिफलकाभ्रे हेभी इक्युपमेन्ट ब्यवसायी संघको जिल्ला अधिबेशन तथा बार्षिक साधारण सभा सम्पन्नस्वर्णिम क्वाटरफाइनलमाएनआरएनएको अनलाइन निर्वाचनमा गम्भीर ७ त्रुटि, कारबाहीको माग गर्दै अध्यक्ष शर्माद्वारा पत्रकार सम्मेलनगायक दिपक भुजेलको 'तिमी आईदेउ' सार्वजनिक ( भिडियो )यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दरराजेन्द्र कुमार कार्कीको 'बुट्टा भरेर' बोलको नयाँ गित सार्वजनिकगायक तथा मोडल मुन थकालीको 'कदम कदम' बोलको नयाँ गित सार्वजनिकप्रमोद खरेलको अर्कैको सिन्दूर लायौ’ बोलको नयाँ गीत सार्वजनिकसर्ट फिल्म 'उडान' को टिजर सार्वजनिक

नेपाली सेनाका राईलाई गोरखा दौडको उपाधि

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ पुष ५ गते, बिहीबार १९:३३

गोरखा:दशौँ म्यान अफ द गोरखा दौडको उपाधि नेपाली सेनाका धावक गजेन्द्र राईले जित्नु भएको छ । ‘दशौँ गोरखा महोत्सव एवं अन्तरप्रदेश स्तरीय कृषि पर्यटन तथा व्यापार मेला–२०७५’ को अवसरमा आज आयोजना गरिएको प्रतियोगितामा ३६ प्रतिस्पर्धीलाई पछाडि पार्दै राईले उपाधि जित्नु भएको हो । उहाँले निर्धारित आठ किलोमिटरको दूरी ३० मिनेट ४० सेकेण्डमा पूरा गर्नुभएको प्रतियोगिताका संयोजक रामहरि केसीले जानकारी दिनुभयो । प्रतियोगितामा नेपाली सेनाकै होमलाल श्रेष्ठ दोस्रो र राजन खत्री तेस्रो हुन सफल हुनुभएको छ । श्रेष्ठले निर्धारित दूरी ३० मिनेट ५५ सेकेण्ड र खत्रीले ३१ मिनेट १७ सेकेण्डमा पूरा गर्नुभएको थियो ।

त्यस्तै निर्धारित दूरी ३१ मिनेट ४७ सेकेण्डमा पार गर्दै नेपाली सेनाका हरि रिमाल चौथो र ३२ मिनेट चार सेकेण्डमा निर्धारित दूरी पार गर्दै कल्याण बानियाँ पाँचौँ हुनुभएको संयोजक खत्रीले जानकारी दिनुभयो । प्रतियोगितामा प्रथम हुन सफल राईलाई नगद रु ३० हजार, मेडल र प्रमाणपत्र प्रदान गरिएको उहाँले बताउनुभयो ।

उपाधि जित्न सफल राईलाई श्रीपेच लगाई घोडा चढाएर नगरपरिक्रमा समेत गराइएको छ । त्यस्तै प्रतियोगितामा दोस्रो हुने खेलाडीलाई रु २० हजार, तेस्रो हुनेलाई खेलाडीलाई रु १० हजार र सान्त्वना हुन सफल दुईलाई २५÷२५ सय नगद पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ ।

तत्कालीन राजा द्रव्य शाहले राज्यभिषेक गरेको ऐतिहासिक पस्लाङ चौताराबाट शुरु भएको दौड प्रतियोगिता नयाँबसपार्क हरमटारी चोक हुँदै गोरखा दरबारस्थित हनुमानथान पुगेर टुङ्गिएको थियो । प्रतियोगिताको बिहान एक कार्यक्रमका बीच गोरखा क्षेत्र नम्बर १ का सङ्घीय सांसद हरिराज अधिकारीले उद्घाटन गर्नुभएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु