पूर्वराष्ट्रपति भण्डारीद्वारा अरुणोदय स्मारिका लोकार्पणजलविद्युतको शेयरमार्फत विपन्न नागरिकको जीवनस्तर उकास्न सरोकारवालासँग उर्जामन्त्रीको छलफलसाउथवेस्टर्नको विज्ञान प्रदर्शनी सम्पन्न :२० हजार द्धारा अवलोकनएभरेस्ट बेस क्याम्पमा ग्यास्ट्रोनोमी कार्यक्रम २०२५ हुनेआज माघ २५ गते शुक्रबार : कस्तो रहला तपाईंको दिन ? हेर्नुहोस् राशिफलबससेवा डटकमले भ्यालेन्टाइन डेको अवसरमा छुट अफर सुरुबुढिगण्डकी हाईड्रोपावरमा राष्ट्रिय वाणिज्य बैंकले लगानी गर्ने,मिस एण्ड मिसेस व्यूटिफुल नेपाल यस वर्ष पनि हुनेसाउथवेस्टर्नमा १३ औं विज्ञान प्रदर्शनीकोशी प्रदेशको उर्जा र सिंचाईको विकासका लागि कोशी प्रदेशका सांसदसँग उर्जामन्त्रीको छलफल

इपिएलमा काठमाडौँलाई ६ विकेटले पराजित गर्दै भैरहवा ग्लाडियटर्स पुग्याे फाइनल

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ पुष ५ गते, बिहीबार १९:३६

काठमाडौँ। एभरेष्ट प्रिमियर लिग (इपिएल) अन्तर्गत काठमाडौँ किंग्स इलेभेनलाई पराजित गर्दै भैरहवा ग्लाडियटर्स प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। काठमाडौँ किंग्सले दिएको १०१ रनको लक्ष्य पछाएको भैरहवाले १७ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो। भैरहवाले ६ विकेटको सहज जित हासिल गर्दै फाइनलमा पुगेको हो।

भैरहवालाई फाइनलमा पुर्याउने क्रममा रायन टेन डेओसचटले सर्वाधिक ४५ रन बनाएका थिए भने रवि इन्दर सिंहले ३१ रन बनाएका थिए। त्यस्तै प्रदीप सिंह ऐरीले २, आरिफ सेखले ५ रन बनाएका थिए। त्यस्तै कप्तान शरद भेस्वाकरले अविजित ६ रन र रोहित पौडेलले अविजित ९ रन बनाएका थिए।

त्यस्तै काठमाडौँका बलर सम्सद सेखले २ विकेट लिए भने प्रदीप साहुले एक विकेट लिएका थिए।  त्यस्तै एक विकेट रन आउटको रुपमा लिएका थिए।  यसअघि पहिला ब्याटिंग गरेको काठमाडौँले २० ओभरमा अल आउट हुदै १०० रन मात्र बनाएको थियो । काठमाडौँलाई १०० रनमा रोक्न भैरहवाले उत्कृष्ट बलिङ्ग र फिल्डिंग गरेको थियो। भैरहवाका लागि कुशल मल्लले सर्वाधिक ३ विकेट लिएका थिए। कुशलले ४ ओभरमा २० रन दिएर काठमाडौँका ३ विकेट लिएका थिए। उनले काठमाडौँका अमित श्रेष्ठ, नरेश बुढा र केभिन ओ ब्रायनलाई आउट गरेका थिए।

त्यस्तै कप्तान शरद भेस्वाकर र अभिनाश बोहोराले पनि किफायती बलिङ्ग गर्दै एक एक विकेट लिएका थिए। शरदले २ ओभरमा केवल ४ रन दिएर एक विकेट लिए भने अभिनाशले ३ ओभरमा ११ रन दिएर एक विकेट लिएका थिए। त्यस्तै मोहमद नावीदले दुई विकेट लिएका थिए। काठमाडौँका लागि सन्दीप रजालीले सर्वाधिक २७ रन बनाए भने प्रदीप साहुले २५ रनको योगदान दिए। त्यस्तै अमित श्रेष्ठले १३ रन बनाए। काठमाडौँका अन्य ब्याट्सम्यानले  दोहोरो अंकमा रन बनाउन सकेनन्। काठमाडौँका रोहन मुस्तफाले ६, नरेश बुढाले २, केभिन ओ ब्रायन शुन्य, सोमपाल कामीले ७, सिद्धान्त लोहोनीले ४ र  राजु रिजालले १ रन बनाएका थिए। त्यस्तै जितेन्द्र मुखियाले २ रन बनाएका थिए भने सम्सद सेख शुन्य रनमा आउट भएका थिए । काठमाडौँका तीन खेलाडी रन आउट भएका थिए।

जितसँगै प्रतियोगिताको फाइनल खेल ललितपुर प्याट्रीयटस र भैरहवा ग्लाडियटर्सबीच हुने भएको छ। फाइनल खेल शनिबार हुने छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु