काठमाडौँ – नेपालको विभिन्न स्थानबाट भारत पुर्याइएका ३५ नेपाली महिलाको उद्धार गरी नेपाल ल्याइने भएको छ।
उज्ज्वल भविष्यको सपना देखाउँदै भारतका विभिन्न होटल पुर्याइएका २५ नेपाली महिलालाई समाजसेजी बालकृष्ण पाण्डेको नेतृत्वमा उद्धार गरी शनिबार नेपाल ल्याउन लागिएको हो।
शनिबार बिहान ११ बजे काठमाडौँको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल आइपुग्ने गरी नेपाल ल्याउन लागिएको समाजसेवी पाण्डेको भनाई छ।उद्धार गरिएको महिलाहरूलाई अहिले सरकारी आवासगृहमा राखिएको छ। उक्त महिलाहरूलाई अदालती पक्रिया पुर गरी एसीपी मोहनकुमारको सहयोगाम नेपाली दूतावासमार्फत नेपाल ल्याउन लागिएको हो।
विभिन्न प्रलोभन देखाइ नेपाली चेलीलाई भारत पुर्याउने ४ जना दलाललाई नियन्त्रणमा लिइ कानूनी कारबाही अगाडि बढाइएको छ भने उनीहरूबाट नेपाल सरकारका विभिन्न विभागका लेटर, छाप, परिचयपत्र, पुलिस रिपोर्ट, श्रम मन्त्रालयको कागज, दूतावासको कागजलगायत बरामद गरिएको प्रहरीलाई उदृत गर्दै समाजसेवी पाण्डेले बताए।
मंसिर महिनामा मात्रै समाजसेवी पाण्डेको नेतृत्वमा माइती इन्डियाको समूहले ५१ जनालाई उद्धार गरेको थियो ।