काठमाडौँ। सर्वोच्च अदालतले दीपक मनाङ्गे भनिने राजीव गुरुङलाई थुनामुक्त गर्न आदेश दिएको छ । न्यायाधीशहरु शारदाप्रसाद घिमिरे र बमकुमार श्रेष्ठको संयुक्त इजलासले गुरुङलाई थुनामुक्त गर्न आदेश दिएको हो । आदेशसँगै गुरुङ डिल्लीबजार कारागारबाट थुनामुक्त भएका छन् । यसअघि सर्वोच्च अदालतनै ज्यान मुद्दामा दीपक मनाङ्गेलाई ५ वर्ष जेल सजाय सुनाएको थियो । मनाङ्गे प्रदेशसभा चुनावमा मनाङ ‘ख’ बाट प्रदेशसभा सदस्य विजयी भएका थिए तर, सपथ नलिँदै उनी ज्यानमुद्दामा दोषी ठहर भएपछि उनी जेल परेका थिए । उनी जेल परेपछि सांसद पद भने स्वतहः खारेज भएको थियो ।
श्राेतः janasawal.com